अमेरिकाको लामो समयदेखि मजबुत रहेको रोजगारी बजारले फेरि एक पटक आश्चर्यजनक प्रदर्शन गर्दै अर्थशास्त्रीहरूको अनुमानलाई गलत सावित गरेको छ।
अमेरिकी श्रम तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिल महिनामा अमेरिकी अर्थतन्त्रले १,७७,००० नयाँ रोजगारी थपेको छ। यो संख्या मार्चमा संशोधित १,८५,००० भन्दा अलिक कम भए पनि अघिल्लो तीन महिनाको औसत वृद्धिदरभन्दा उच्च छ।
यस महिनाको बेरोजगारी दर ४.२% मा यथावत् रहेको छ, जुन ऐतिहासिक दृष्टिले निकै न्यून मानिन्छ। विश्लेषकहरूले अप्रिलमा मात्र १,३५,००० रोजगारीको अपेक्षा गरेका थिए।
यो तथ्यांकले रोजगार क्षेत्रमा निरन्तर बलियो वृद्धिको संकेत दिएको छ, यद्यपि पछिल्लो समय बढ्दो मन्दीको चिन्ताबीच यो आएको हो। महामारीपछि श्रम बजारले अमेरिकी अर्थतन्त्रको मेरुदण्डको भूमिका निर्वाह गर्दै आएको छ।
श्रम विभागकी सचिव लोरी चाभेज-डेरेमरले सीएनएनलाई भनिन्, “यो रोजगार प्रतिवेदनको हरेक अंश सकारात्मक छ।” उनले जनताबीच मन्दीको डर बढिरहेको स्विकारे पनि “हामीले नजिकै मन्दीको कुनै संकेत देखिरहेका छैनौं,” भन्दै आत्मविश्वास व्यक्त गरिन्।
प्रतिक्रिया