अमेरिका र इरानले तेहरानको तीव्र गतिमा अगाडि बढिरहेको आणविक कार्यक्रमबारे ओमानको राजधानी मस्कटमा वार्ता सुरु गरेका छन्। ईरानी राज्य सरकारी दूरदर्शन (टेलिभिजन) र अमेरिकी अधिकारी स्रोतले वार्ता शुरू भएको पुष्टि गरेका छन्।
वार्तामा ईरानी विदेशमन्त्री अब्बास अरागची र अमेरिकी मध्य पूर्वका दूत स्टिभ विट्कफ सहभागी रहेका छन्। विट्कफले शुक्रबार मास्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि ओमान पुगेका हुन्।
यो वार्ताको मुख्य केन्द्र युरेनियम संवर्धनमा रोक लगाउने र इरानमाथि लगाइएको कडा आर्थिक प्रतिबन्ध हटाउने विषयमा केन्द्रित हुनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सम्झौता नभए सैन्य कारवाही गर्ने चेतावनी दिँदै आएका छन्।
तेहरानका वार्ताकार मजिद ताक्ते रवान्ची नेतृत्वमा प्राविधिक टोली पनि वार्तामा सहभागी भएको छ। अमेरिकी प्राविधिक टोली माइक एन्टनको नेतृत्वमा ओमान आइपुगेको छ।
ईरानले आफ्नो संवर्धन अधिकार जोगाउन जोड दिएको छ भने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पूर्णरूपमा संवर्धन रोक्नुपर्ने माग दोहोर्याएका छन्।
प्रतिक्रिया