पण्डित जी आक्रोशित मुद्रामा चिच्याएर भन्दै थिए
यो त् सरासर अन्याय भयो प्रभु म माथि किन यस्तो अन्याय ?
एक कुनामा एक नर्तकी युवती हात जोडेर चुपचाप बसेकी थिइन्।उनि प्रभुको आदेश सुनेर मन नै मन प्रभु लाइ आभार व्यक्त गर्दै थीईन।पण्डितको आक्रोशले सभाकक्ष स्तम्भित थियो।पण्डित जी को असन्तोषी गनथनले गर्दा नर्तकी युवतीले प्रभु लाइ धन्यवाद भन्ने मौका समेत पाएकी छैनन्।पण्डित चिच्याई नै रहेका थिए।
मैले के गरिन प्रभु ?मैले साह्रा गाउले लाइ कस्ता कस्ता उपदेश शिक्षा दिएर सेवा गरेको छु।उनिहरुलाइ प्रभुको भजन गाउन सिकाए।नैतिकताका पाठ सिकाए।सबैले मलाई गुरु भनेर समान गर्दथे।मैले कसै प्रति व्यभिचार गरिन।तामसी खाना खाइन।मध्यपान गरिन।सधै सादा जीवन बिताए।
मैले भने स्वर्ग जान न पाउने अनि यी व्यभिचारी दलित आइमाइ सधै परपुरुषको अगाडी आफुलाइ नचाउने ,कुनै दिन मन्दिर न जाने अनि सधै अर्ध नग्न भएर नाच्ने व्यभिचारी नर्तकी भने स्वर्ग जान जाने ?
मैले मेरो सृष्टिमा स्त्री र पुरुष बाहेक अर्को जात बनाएको नै छैन तर तिमी जस्ता पण्डितले नै मानब मानब बीच भेदको रेखा कोर्यौ के यो दण्डनीय होइन र ?के मैले दुइ वटा सुर्य बनाएको छु ?के मैले दुइ वटा चन्द्र बनाएको छु ?के मैले कुनै जीव जन्तु र चराचरमा फरक रङ्गको रगत बनाएको छु ? के मैले कसै लाइ फरक समय दिएको छु ? जब मैले सबै लाइ समान दृष्टिले हेर्छु भने अरु मानब लाइ हेय दृष्टिले हेर्ने सानो देख्ने अपमान गर्ने अधिकार तिमी लाइ कसले दियो पण्डित ?
यो त् सरासर अन्याय हो।प्रभु घोर अन्याय आफ्नो निर्णय बदल्नुस प्रभु मलाइ स्वर्ग पठाउनुस यी नर्तकी आइमाईलाइ नर्क पठाउनुस ..पण्डित जी आक्रोश अलि मत्थर भयो।उनि केहि सुस्ताए जस्तो देखिए।
अनि प्रभुले मुस्कुराउदै भन्नु भयो-
पण्डित म त् तिम्रो परिक्षा लिदै थिए।तिम्रो इर्श्या आक्रोश घमण्ड र अर्को लाइ होच्याउने बाणी नै तिम्रो लागि नर्कको ढोका खुलाउने कारण बन्यो। अनि पण्डित तिमी भ्रममा थियौ तिमी आफैलाइ इश्वर ठान्ने गर्दथ्यौ साह्रा गाउलेलाइ आफ्नो आदेश मान्न लगाउथ्यौ।तिमीआफुलाइ धर्माधिकारी ठानेर अरुलाइ आफ्नो बचन शिरोधार्य गर्न दबाब दिने गर्दथ्यौ।तिमी त्यति सम्म त् ठिकै थियो।तर तिमी मनले सदाचारी र पबित्र थिएनौतिमी तिम्रो मनमा हमेश व्यभिचारको आकांक्षाले बास गरेको हुन्थ्यो।तिमी स्त्रीहरु प्रति कुदृष्टिले हेर्ने गर्दथ्यौ र तिम्रो मन हमेशा स्त्री भोगमा लालची रह्यो। मैले मेरो सृष्टिमा स्त्री र पुरुष बाहेक अर्को जात बनाएको नै छैन तर तिमी जस्ता पण्डितले नै मानब मानब बीच भेदको रेखा कोर्यौ के यो दण्डनीय होइन र ?के मैले दुइ वटा सुर्य बनाएको छु ?के मैले दुइ वटा चन्द्र बनाएको छु ?के मैले कुनै जीव जन्तु र चराचरमा फरक रङ्गको रगत बनाएको छु ? के मैले कसै लाइ फरक समय दिएको छु ? जब मैले सबै लाइ समान दृष्टिले हेर्छु भने अरु मानब लाइ हेय दृष्टिले हेर्ने सानो देख्ने अपमान गर्ने अधिकार तिमी लाइ कसले दियो पण्डित ?
तिमीले सामाजिक डरले मात्र आफ्नो प्यास मेटाउने काममा अगाडी बढ्न न सकेको हो र तिम्रो मनमा हमेशा भोग र प्यासले राज गरेको थियो।तिमी सधै संसारिक सुखसयलको तिमी लालायित थियौ।तिम्रो गेरु बस्त्रले तिमीलाइ बाटो छेक्यो तिमी सधै सधै मनमा मोह बोकेर हिड्यौ।सुन मुर्ख पण्डित अर्को तिर यी कन्या लाइ जबर्जस्ति नर्तकी बनाइएको थियो।जहिले जहिले यिनी मधुशालामा नृत्य गर्थिन हमेशा इश्वरलाइ सम्झने गर्थिन र भन्थिन हे प्रभु मलाई यो नर्क बाट छिट्टै मुक्ति दिनु होस।यी नर पिचास व्यभिचारीबाट मलाइ बचाउनु होस्।म दुखिको कल्याण गर्नुहोस्।आफ्नो इच्छा नहुदा नहुदै पनि जबर्जस्ति नृत्य गर्न पुगेको थिइन्।उनको मनमा पाप थिएँन।अझै कति बाटो बिराएका र आत्महत्याको मुखमा पुगेका पुरुषलाइ तनाव मुक्त गरेर जीवन दिन सफल भएकी छिन।
तिमी साधु भएर हमेसा स्त्रिभोग र मधुशालाको लालच गरेर बस्यौ।यिनी नृत्यांगना भएर पनि हमेशा मन भने इश्वर मा थियो।यहि परिक्षा लिन लोकबासीलाइ शन्देस दिन मेरो दुतले तिमीहरुलाइ एक्कै पटक मर्त्यलोग बाट लेराएको हो।तसर्थ मुर्ख पण्डिततिमी नर्क जानेछौ र उनि स्वर्गको लागि भागिदार भएकी छिन।
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टिकर्ताले मानिसलाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधिको रुपमा बनाएको हुन्।तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब ,बिना सुबिधा असुबिधाको बहाना दया भाब देखाई हाल्नुपर्छ सहयोगको हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो।
http://katunjedhungel.blogspot.com/
शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ
प्रतिक्रिया