अमेरिका-क्यानडा सीमामा मानव तस्करीको गतिविधि तीव्र रूपमा बढेको पाइएको फक्सन्यूजले जनाएको छ । समाचारका अनुसार सबैको ध्यान मुख्य रूपमा दक्षिणी सीमातर्फ केन्द्रित छ तर उत्तर सीमा क्षेत्रमा तस्करीका घटनाहरू बढ्दै गएका छन्। फक्सन्यूजले जनाए अनुसार स्थानीय बासिन्दाहरूले अत्यन्तै योजनाबद्ध र संगठित रूपमा मानिसहरू तस्करिने गरेको जानकारी दिएका छन्।
पूर्व अमेरिकी वायुसेवाका अधिकारी तथा डेटा२ का संस्थापक जोन ब्रुटनले यस संकटलाई सम्बोधन गर्न परम्परागत उपाय भन्दा फरक सोच प्रस्तुत गरेका छन्। उनले मानव तस्करीविरुद्ध लड्न कृत्रिम बुद्धिमत्ता (एआइ )प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई)ले ठूलो मात्रामा तथ्यांक (डाटा )विश्लेषण गर्न सक्छ, जसबाट तस्करीका ढाँचाहरू पहिचान गर्न सकिन्छ र तिनीहरूलाई पहिले नै अनुमान गरेर नियन्त्रण गर्न सकिन्छ। यस प्रविधिले सीमा सुरक्षामा कार्यरत अधिकारीहरूको क्षमता बढाउन सक्छ र तत्काल प्रतिक्रिया दिन सहयोग पुर्याउन सक्छ।
यद्यपि यस समाधानसँगै केही चुनौतीहरू पनि रहेका छन् । चुनौतीहरुमा स्रोतको उचित वितरण, नागरिकहरूको गोपनीयताको संरक्षण, र प्राविधिक प्रणालीको सहज समायोजन रहेका छन् ।
उत्तर सीमामा देखिएको सङ्कटमा कृतिम बुद्धिमत्ता (एआई )प्रविधिको प्रयोग यस दिशामा एक प्रभावकारी कदम बन्न सक्ने छ भने तर यसलाई सफल बनाउन पूर्वतयारी र सन्तुलित दृष्टिकोण अपरिहार्य हुनेछ।
प्रतिक्रिया