डेनमार्कका विदेशमन्त्री लार्स लोकी रासमुसेनले बिहीबार अमेरिकी विदेश सचिव मार्को रुबियोसँग भेट गर्दै ग्रीनल्यान्ड बिक्रीको विषयमा आफ्नो कडा धारणा दोहोर्याए।
“यो अन्तर्राष्ट्रिय कानुनको सीमाभन्दा बाहिरको स्थिति बनेको छ। यो यस्तो परिस्थितिमा पुगेको छ, जसलाई म डेनमार्क साम्राज्यको सार्वभौमिकतामाथिको हमला भनेर मात्र वर्णन गर्न सक्छु। र मैले यो कुरा एकदमै स्पष्ट बनाएको छु,” रासमुसेनले भने।
अझै थप्दै विदेशमन्त्री रासमुसेनले भने , ग्रीनल्यान्ड डेनमार्कको अभिन्न अंग हो र यसमा कुनै तेस्रो पक्षले दाबी गर्नु डेनमार्कको राष्ट्रिय हितविरुद्ध हुन्छ।
उनले स्पष्ट पारे ,ग्रीनल्यान्डको भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने छन्, बाह्य शक्तिहरूले होइन। “हामी अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान गर्छौं, तर त्यसैगरी हाम्रो सार्वभौमिकताको पनि रक्षा गर्छौं,” उनले भने।
रासमुसेनको यो भनाई हालसालै ग्रीनल्यान्डप्रति देखिएको विदेशी चासोको सन्दर्भमा आएको हो। उनले डेनमार्क सरकार ग्रीनल्यान्डको सुरक्षा, राजनीतिक स्वतन्त्रता, र विकासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याए।
उनले थपे, “हामी मित्र राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक छौं, तर हाम्रो भूभागको विषयमा कुनै सम्झौता हुने छैन।”
प्रतिक्रिया