अमेरिकाको इन्डियानामा रातभरि आएको घुम्रपात(टोर्नाडो)तथा आँधीका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ।
इन्डियाना गृह बिभागका ब्रिजेट क्याम्पबेलका अनुसार, हेंड्रिक्स काउन्टी इन्डियानापोलिस शहर बाहिर एक व्यक्तिको करेन्ट ( विध्युत प्रवाह ) लागेर मृत्यु भएको हो।
बुधबार राति, हेंड्रिक्स काउन्टी शेरिफको कार्यालयका अनुसार, डानभिलको सडकछेउमा एउटा निलो मालबाहक गाडी(पिकअप ट्रक ) आगलागी भएको अवस्थामा फेला परेको थियो, जसको नजिकै एक व्यक्ति अचेत अवस्थामा थिए।
क्षेत्रका क्षतिग्रस्त बिजुली बन्द गरेपछि उद्धार टोली २७ वर्षीय ती व्यक्ति सम्म पुगे। तर उनलाई घटनास्थलमै मृत घोषित गरियो।
अनुसन्धानकर्ताहरूका अनुसार ती व्यक्ति माल बाहक गाडी( ट्रक) चलाइरहेका बेला सडकमा लडेका बिजुली तारमा ठोक्किएका थिए। गाडीबाट निस्किएपछि उनी करेन्ट लागेर गम्भीर रूपमा घाइते भएका थिए।
यो नयाँ मृत्यु पुष्टि भएसँगै अमेरिकाभरि घुम्रपात( टोर्नाडो) प्रकोपमा मृत्यु हुनेको संख्या ७ पुगेको छ।
यसमध्ये ५ जना टेनेसीमा, १ जना मिजोरी र १ जना इन्डियानामा रहेका छन्।
प्रतिक्रिया