क्यालिफोर्नियका एक व्यक्तिलाई सर्वोच्च अदालतका न्यायाधीश ब्रेट केटहानको हत्या गर्ने कथित षडयन्त्रमा दोषी ठहर 

इनेप्लिज २०८१ चैत १९ गते १६:५९ मा प्रकाशित

क्यालिफोर्नियका एक व्यक्तिलाई सर्वोच्च अदालतका न्यायाधीश ब्रेट केटहानको हत्या गर्ने कथित षडयन्त्रमा दोषी ठहर गरिएको छ ।

२६ बर्षिय निकोलस रोस्के जो क्यालिफोर्निया निवासी हुन् उनि माथि सर्वोच्च अदालतका न्यायाधीश ब्रेट केटहानको हत्या गर्ने कथित षडयन्त्रको आरोप लगाईएको थियो ।

रोस्केलाई दुई वर्षअघि मुद्दा दायर गरिएको थियो । र ,हाल उनले दोषी स्वीकार गर्ने तयारी गरेको उनका वकिलहरूले बुधबार बताए। 

उनका अनुसार, उनी आगामी हप्ता “न्यायाधीश हत्या प्रयास” को एकमात्र आरोपको विरुद्ध दोष स्वीकार गर्नेछन्। जुन २०२२ मा, रोस्के कालो पोशाक सहित हातमा बन्दुक, चक्कु लिएर मेरिल्याण्ड स्थित न्यायाधिशको निवासमा पुगेका थिए। 

घटनाको बेलामा उनले केटहानको सुरक्षा टोली देखेपछि आक्रमण गर्ने विचार त्यागेका थिए ।

प्रहरीले यस घटनापछि न्यायाधीशहरूको सुरक्षा सम्बन्धी चिन्ता बढेको जनाएको छ। 

प्रतिक्रिया