अमेरिकाले भारतीय महासागरमा बि-२ बमवर्षक तैनाथ गरेको छ । यसले हुथी र इरानलाई कडा सन्देश दिएको छ । पेन्टागनले कम्तीमा छ वटा बि-२ स्टिल्थ नामक बमवर्षक बिमान जुन अमेरिकी वायुसेनाको स्टिल्थ बमवर्षक क्षमताको ३० % हो । भारतीय महासागरको डिएगो गार्सिया टापुमा तैनाथ गरेको छ। विश्लेषकहरूका अनुसार यो तैनाथी इरानप्रति कडा सन्देश हो ।
यो तैनाथी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा प्रमुख पीट हेगसेथले इरान र यसको समर्थित समूहहरू विरुद्ध थप कारबाहीको चेतावनी दिएका बेला भएको हो। अमेरिकी लडाकु विमानहरूले यमनमा इरान-समर्थित हुथी लडाकूहरूलाई आक्रमण गरिरहेका छन्।
निजी भू-उपग्रह प्रतिष्ठान प्लानेट ल्याब्सले खिचेका तस्बिरहरूले डिएगो गार्सियामा रहेको धावनमार्ग (रनवे)मा यी बमवर्षकहरू देखाएको छ। यसबाहेक, अन्य सैन्य पोतभार (कार्गो) विमान र बख्तरबन्द (ट्यांकर)हरू पनि त्यहाँ देखिएका छन्।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले बि-२ को उल्लेख नगरी थप हवाई सेना र “अन्य हवाई साधनहरू” क्षेत्रीय सुरक्षा बलियो बनाउन पठाइएको बताएका छन्। “संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू क्षेत्रीय सुरक्षाका लागि प्रतिबद्ध छन् र जोसुकैले तनाब बढाउने प्रयास गरे कठोर जवाफ दिनेछन्,” उनले भने।
सिएनएबका सैन्य विश्लेषक सेड्रिक लेटनका अनुसार, यी शक्तिशाली २ बिलियन मूल्यका बमवर्षकहरूको तैनाथ इरानलाई स्पष्ट सन्देश हो। “हुथीहरूलाई समर्थन रोक्न चेतावनी दिनु वा नयाँ परमाणु सम्झौताका लागि दबाब दिनु यो सन्देशको उद्देश्य हुन सक्छ,” उनले भने।
राष्ट्रपति ट्रम्पले मार्चमा हुथीहरू विरुद्ध हवाई आक्रमण तीव्र पारेका थिए। हुथी स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको थियो।
यता, ट्रम्पले मंगलबार आफ्नो सामाजिक संजाल ट्रुथ सोशियलमा चेतावनी दिदै भने “हाम्रा जहाजहरूमा हमला नगर्नु ,नभए वास्तविक पीडा अझै सुरु भएको छैन।”
इरानलाई परमाणु सम्झौताका लागि दबाब दिँदै ट्रम्पले गत मार्च १९ मा भनेका थिए, “इरानसँग सम्झौता गर्न दुई महिना बाँकी छ, नभए अन्य विकल्प सैन्य कारबाही हुनेछ।”
तर, इरानले सिधा वार्ताका लागि अस्वीकार गरिसकेको छ। रक्षा मन्त्री हेगसेथले चेतावनी दिँदै भनेका छन्, “इरान वा यसको समूहहरूले अमेरिकी हितमा खतरा ल्याए कठोर कारबाही हुनेछ।”
प्रतिक्रिया