राजा ज्ञानेन्द्र शाहले संयोजक जर्नेल प्रेम सिंह बस्न्यातलाई बनाउनुपर्ने थियो

इनेप्लिज २०८१ चैत १९ गते १:२३ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा नवराज सुबेदीलाई संयोजक बनाएर विगतमा गरेको गल्तीलाई दोहोर्‍याउनु भएको छ । राजा ज्ञानेन्द्र शाहलाई नचाहिंदो अनावश्यक र गलत गलत सल्लाह र सुझाव दिने सल्लाहकारहरु को को छन चिन्न पाए हुन्थ्यो ।

राजा ज्ञानेन्द्र शाहले संयोजक जर्नेल प्रेम सिंह बस्न्यातलाई बनाउनुपर्ने थियो । राजा ज्ञानेन्द्र शाहले नेतृत्व गर्ने युवा वर्ग पाउनु भएन ? राजा ज्ञानेन्द्र शाहले विगतमा तुलसी गिरीलाई ल्याउनु र वर्तमान समयमा नवराज सुबेदीलाई ल्याउनु ठुलो भुल रहेकोे छ ।

अब मुलुकमा राजा ज्ञानेन्द्र शाहले के के गर्ने योजनाहरु बारे जनताहरुले जान्न खोजेका छन । सर्वप्रथम राजा ज्ञानेन्द्र शाहले विज्ञप्ति, वक्तव्य र सामाजिक संजाल मार्फत अब मुलुकमा के के गर्ने भन्ने बारे आफनो विस्तृत खाका र योजनाहरु जनताहरु समक्ष प्रस्तुत गर्नुपर्ने अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया