अमेरिकाको विस्कन्सिन राज्यको सर्वोच्च अदालतले आइतबार विस्कन्सिन राज्यका महान्यायाधिवक्ताले इलन मस्कलाई मतदातालाई १ मिलियन(१० लाख डलर)को धनादेश (चेक )दिने योजना रोक्ने प्रयासलाई अस्वीकार गरेको छ । अदालतले यो मुद्दा सुन्ने निर्णय नगर्ने सर्वसम्मत निर्णय गर्यो। यो मुद्धामा इलन मस्कको जीत भएको छ ।
यो समाचार टेस्लाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) मस्कले ग्रिन बेमा आयोजित अमेरिका पीएसी नगर सभा कक्षा कार्यक्रममा दुई मतदातालाई १ मिलियनका धनादेश दिने योजनाको केही समय अघि नै आएको थियो।
विस्कन्सिनका महान्यायाधिवक्ता जोश कलले ४-३ को उदारवादी बहुमत रहेको अदालतलाई “जति सक्दो छिटो, आइतबार बेलुकाको योजनाबद्ध कार्यक्रममा अघि नै” निर्णय दिन अनुरोध गरेका थिए।
उनको निवेदनमा भनिएको थियो, “विस्कन्सिनको कानुनअनुसार मतदातालाई मतदान गर्न उत्प्रेरित गर्न कुनै पनि मूल्यवान वस्तु प्रस्ताव गर्न निषेध गरिएको छ। तर, इलन मस्कले ठ्याक्कै त्यही गर्न लागेका छन्।”
यो मुद्दाले अमेरिकी राजनीतिक वातावरणमा ठूलो चासो पैदा गरेको छ, किनभने मतदानमा प्रभाव पार्ने कुनै पनि आर्थिक प्रस्ताव कानुनी रूपमा विवाद ल्याउन सक्छ ।
प्रतिक्रिया