ट्रम्पद्वारा सर्वोच्च अदालतलाई भेनेजुएलाका आप्रवासी समूहको निष्कासन अनुमति माग

इनेप्लिज २०८१ चैत १४ गते १६:५८ मा प्रकाशित

ट्रम्प प्रशासनले सर्वोच्च अदालत (सुप्रीम कोर्ट)लाई युद्धकालीन बिदेशी शत्रु ऐन (एलियन एनिमीज एक्ट) अन्तर्गत भेनेजुएलाका आप्रवासीलाई निष्कासन गर्ने सम्बन्धमा तलको अदालतले जारी गरेका आदेशहरू खारेज गर्न आग्रह गरेको छ।

जब वाशिङ्टनस्थित एक संघिय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्रेन दे अरागुवा नामक आपराधिक समूहसँग सम्बन्धित आप्रवासीहरूलाई एल साल्भाडोर पठाउने प्रयासमा अवरोध गरे पछि न्याय विभागले यो आपतकालीन निवेदन दिएको हो ।

“यो मुद्दाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील निर्णय राष्ट्रपति वा न्यायपालिकाले गर्ने भन्ने गम्भीर प्रश्न उठाएको छ,” कार्यवाहक अनुरोधक सारा ह्यारिसले निवेदनमा लेखेकी छिन्। “संविधानको स्पष्ट उत्तर छ – यो अधिकार राष्ट्रपतिसँग हुन्छ।”

सर्वोच्च अदालतले ट्रम्पको उक्त कदमविरुद्ध उजुरी दिएका पाँच भेनेजुएली नागरिकका वकिलहरूलाई अप्रिल १ सम्म जवाफ दिन भनेको छ।

राष्ट्रपति ट्रम्पले बिदेशी शत्रु ऐनको दाबी गर्दै आप्रवासीहरूलाई तुरुन्त हिरासतमा लिई निष्कासन गर्न आदेश दिएका थिए। तर, अमेरिकी जिल्ला न्यायाधीश जेम्स बोजबर्गले १४ दिनको लागि यो कदममा रोक लगाउँदै व्यापक आलोचना गरे।

ट्रम्प प्रशासनले निर्णयलाई चुनौती दिँदै अदालतमा पुनः अपील गरेको छ। सरकारी वकिलले अदालतको आदेशले विदेशी आतंककारी समूहलाई अमेरिकामा आश्रय दिन बाध्य पारिरहेको भन्दै यसले कूटनीतिक र राष्ट्रिय सुरक्षाका प्रयासहरूमा खतरा उत्पन्न गराएको आरोप लगाए।

प्रतिक्रिया