नेदरल्याण्ड एम्स्टरडममा छुरा आक्रमण: पाँच व्यक्ति मध्ये २ जना अमेरिकी नागरिक

इनेप्लिज २०८१ चैत १३ गते २३:४३ मा प्रकाशित

नेदरल्याण्ड एम्स्टरडमको व्यस्त बजार क्षेत्रको एक सडकमा एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तिमा पाँच जना गम्भीर घाइते भएका छन् ।

रोयटर्सका अनुसार यो आक्रमणमा दुई अमेरिकी, एक बेल्जियम र एक पोल्याण्डका नागरिक घाइते भएका छन्। घटना साँझ ढल्किँदै गर्दा शहरको ड्याम स्क्वायर नजिक भएकोले मानिसहरू भयभीत भएका थिए।

घटना केही मिनेटसम्म जारी रह्यो। एक व्यक्तिले साहस देखाउँदै आक्रमणकारीलाई रोक्न सफल भएपछि प्रहरी तत्काल घटनास्थलमा पुगे। प्रहरीले क्षेत्रलाई सुरक्षित बनाएका छन् भने तुरुन्तै रुग्नवाहिणी (एम्बुलेन्स) तथा उदग्रबिमान( हेलिकप्टर)लाई बोलाइको थियो ।

प्रहरीका अनुसार, आक्रमणकारीको उद्देश्य र कारण स्पष्ट नभएको जनाएका छन् । तर, प्रारम्भिक जाँचअनुसार आक्रमणकारीले लक्षित व्यक्तिहरूलाई आक्रमण गरेको हुन् सक्ने बताईएको छ । । घाइतेहरूमा ६७ वर्षकी अमेरिकी महिला, ६९ वर्षका अमेरिकी पुरुष, ७३ वर्षकी बेल्जियम महिला, २६ वर्षका पोल्याण्डका पुरुष र १९ वर्षकी डच युवती रहेका छन्।

यस घटनाले शहरमा असुरक्षा र चिन्ता बढाएको छ। प्रहरी र अनुसन्धान टोलीले थप प्रमाण संकलन गर्दै घटना बुझ्ने प्रयास गरिरहेका छन्। सबैलाई सुरक्षा र शान्तिको आशा गर्दै स्थानीय प्रशासनले सजग रहने सल्लाह दिएको छ।

प्रतिक्रिया