ओस्कार पुरस्कार बिजेता जीन ह्याकम्यान तथा उनकी पत्नीको मृत्यु ‘शंकास्पद’ भन्दै अनुसन्धान सुरु भएको छ ।
प्रसिद्ध अभिनेता ९५ बर्षिय जीन ह्याकम्यान र उनकी पत्नी ६४ बर्षिय बेट्सी अराकावा आफ्नै घरमा मृत अवस्थामा फेला परे पछि मृत्यु ‘शंकास्पद’ भन्दै अनुसन्धान सुरु गरिएको सिबिएसन्यूजले जनाएको छ । सान्टा फे काउन्टी शेरिफ कार्यालयले बुधबार उनीहरूलाई सान्टा फे बाहिरको निवासमा मृत फेला पारेको पुष्टि गरेको छ। उनीहरूको एक कुकुर पनि मृत अवस्थामा भेटिएको थियो।
शेरिफ कार्यालयले जारी गरेको खोजी वारन्टमा यो घटना शंकास्पद भएकोले विस्तृत अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा कुनै बाह्य चोटपटक वा जबरजस्ती प्रवेशको संकेत फेला परेको छैन। घरमा ग्यास चुहावटको कुनै प्रमाण पनि भेटिएको छैन। मृत्युको कारण पत्ता लगाउन चिकित्सा परीक्षकको प्रतिवेदनको प्रतीक्षा गरिएको छ।
जीन ह्याकम्यान दुई पटकका ओस्कार विजेता अभिनेता हुन्, जसले “द फ्रेन्च कनेक्शन,” “द कनभर्सेशन,” “अनफर्गिभन,” र “सुपरम्यान” जस्ता चलचित्रहरूमा अभिनय गरेका छन्।
अनुसन्धान जारी रहेको र प्रहरी अधिकारीहरूले सबै सम्भावनाहरूको समीक्षा गरिरहेका छन्।
प्रतिक्रिया