महा शिबरात्रीको अबसर पारेर चलचित्र कोशेढुंगाको शुभ मुहुर्तसगै छायाँकन सुरु

इनेप्लिज २०८१ फागुन १५ गते १:०० मा प्रकाशित

महा शिबरात्रीको अबसर पारेर चलचित्र कोशेढुंगाको शुभ मुहुर्तसगै छायाँकन सुरु भएको छ । ऐतिहासिक ब्लकबस्टर चलचित्र पुर्णबहादुरको सारंगीका निर्देशक सरोज पौडेलले निर्देशन गर्ने यो चलचित्रमा बरिष्ठ रंगकर्मी किशोर अनुराग क्रियटिभ डाईरेक्टरका रुपमा रहेका छन् ।

चलचित्र किशोर अनुराग तथा प्रेविल कंडेलको निर्माणमा बन्नेछ भने कार्यकारी निर्माता दिनेश खड्का रहेका छन् । करिब १ बर्षको तयारिपछि यो चलचित्रको छायांकन सुरु गरिएको निर्देशक पौडेलले बताए ।

आर्यन सिक्देल, निती शाह ,प्रविण खतिवडा , सुरक्षा पन्त , सरोज खनाल, शेखर चापागाई, सिरु विष्ट , सविन कट्टेल, झकेन्द्र बिसी आदिको अभिनय रहने यो चलचित्रमा डिओपी बाबु श्रेष्ठ रहनेछन् भने सम्पादन सुरेन्द्र पौडेलसे गर्नेछन् ।

यस चलचित्रमा संगित आषिश अबिरल र रृदम् कडंलेले दिने छन् । चलचित्रमा शुबलमणि सापकोटा कास्टिंग डिरेक्टरका रुपमा रहनेछन् । चलचित्रको छायांकन काठमाण्डौ लगायत स्यांग्जा जिल्लाको सेरोफेरोमा रहने जानकारी आएको छ । चलचित्र महिला प्रधान चलचित्र हो ।

प्रतिक्रिया