अमेरिकामा कागजात नभएका आप्रवासीले बिधुतिय प्रणालीमा आफ्नो नाम दर्ता गराउन अमेरिकी गृह बिभागले आदेश दिएको छ । एबिसीन्यूजका अनुसार गृह सुरक्षा विभागले सूचना जारी गरि कानूनी स्थिति बिना अर्थत लिगल स्टाटस बिना बसोबास गर्नेले आफ्नो नाम दर्ता गराउन आदेश दिएको छ ।
गृह सुरक्षा विभाग अर्थात् डिएचएसका अनुसार आप्रवासीहरूलाई साङ्गणिक आँकडासंचय (अनलाइन डाटाबेस)मा दर्ता गर्नुपर्ने बताएको छ।
गृह सुरक्षा विभागले गत मंगलबार बिज्ञप्ती जारी गर्दै कानूनी स्थिति बिना देशमा रहेका आप्रवासीहरूले स्व-निर्वासन अर्थात् देश निकालामा “बाध्य” पार्ने प्रयासमा तिनीहरूलाई पत्ता लगाउन आँकडासंचय (डाटाबेस)मा आफ्नो जानकारी दर्ता गर्नुपर्नेछ।
आफै स्वदेश फिर्ता नहुने ,औंठाछाप नलगाउने वा आफ्नो ठेगाना परिवर्तन भएको छ कि छैन भनेर सरकारलाई थाहा नदिनेहरूका लागि “आपराधिक दण्ड” हुने जनाएको छ ।
प्रतिक्रिया