अमेरिकाका ७३ हजार संघीय कर्मचारीहरुले ट्रम्प प्रसाशनको “बाइआउट” कार्यक्रम स्वीकार गरेका छन् ।
एक प्रशासन अधिकारीले एबीसी न्यूजलाई बताए अनुसार ७३,००० भन्दा बढी संघीय कामदारहरूले ट्रम्प प्रशासनको “बाइआउट” प्रस्ताव स्वीकार गरेका छन्,
स्थगित राजीनामा प्रस्तावको रूपमा प्रस्ताव गरिएका “बाइआउट”हरू राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संघीय सरकारी कार्यबल कटौती गर्ने योजना अनुसार कामदारहरुले स्वीकार गरेका हुन् । सरकारी दक्षता बिभागका प्रमुख इलन मस्क हुन् ।
कार्यक्रमले संघीय कर्मचारीहरूलाई राजीनामा दिएमा सेप्टेम्बर ३०, २०२५ सम्म भुक्तानी जारी राख्ने प्रस्ताव गर्दछ।
स्मरण रहोस ,गत फेब्रुअरी १२ बुधबारका दिन बोस्टनस्थित संघीय न्यायाधीश जर्ज ओ’टुल जुनियरले ट्रम्प प्रशासनको संघीय कर्मचारीहरूका लागि “बाइआउट” कार्यक्रम अघि बढ्न दिने निर्णय गरेका छन् । अर्थात् यसमा ट्रम्प प्रशासनको ठूलो जीत हो ।
ट्रम्प प्रशासनको यो “बाइआउट ” कार्यक्रम भनेको के हो?
यो कार्यक्रम संघीय सरकारका कर्मचारीहरूलाई स्वेच्छिक रूपमा जागिर छोड्न उत्प्रेरित गर्न ल्याइएको हो। सरकारले कर्मचारीहरूलाई आर्थिक प्याकेज (संपुष्टि -बाइआउट इन्सेन्टिभ ) दिनेछ, जसले गर्दा कामदाहरुमा राजीनामा दिन चाहने बढ्ने सम्भावना रहन्छ । यसको उद्देश्य संघीय सरकारको आकार घटाउनु, खर्च कटौती गर्नु, र प्रशासनिक पुनर्संरचना गर्नु हो।
प्रतिक्रिया