बिश्व प्रख्यात अमेरिकी गायिका बियोन्सीले आफ्नो गीतिसंग्रह काउब्वाई कार्टरका लागि वर्षको उत्कृष्ट गीतिसंग्रह पुरस्कार जितेकी छिन् ।
यो पुरस्कार जित्ने उनी पहिलो अस्वेतमहिला गायिका हुन्, जसले यसअघि चार पटक मनोनयन पाएकी थिइन्। सन् १९९९ मा लरेन हिलले यो पुरस्कार जितेपछि पहिलो पटक कुनै अस्वेत महिला कलाकारले यो सम्मान प्राप्त गरेकी हुन्।
काउब्वाई कार्टर “Cowboy Carter” मार्च २०२४ मा बिमोचन भएको थियो, जसमा लोकगीत (कन्ट्री), पप, र्याप, र हिप-हप आदिको मिश्रण रहेको छ। यो गीतिसंग्रह(एल्बम) उनको २०२२ को परियोजना रिनेसान्सको दोस्रो भाग हो। यस गीतिसंग्रह(एल्बम)मा माइली साइरस, डली पार्टन, र विली नेल्सन जस्ता चर्चित कलाकारहरूको सहकार्य रहेको छ।
उनले आफ्नो स्वीकृति भाषणमा पुरस्कार प्रदान गर्ने लस एन्जलस काउन्टी दमकल विभागका सदस्यहरूलाई धन्यवाद दिँदै भनिन्, “म सबै दमकलकर्मीहरूलाई हाम्रो सुरक्षाका लागि धन्यवाद दिन चाहन्छु। म अहिले अत्यन्तै भावुक र सम्मानित महसुस गरिरहेकी छु।”
यो जितसँगै बियोन्सीले हालसम्म ३५ वटा ग्रामी पुरस्कार जितिसकेकी छन्, जसले उनी ग्रामी इतिहासकै सबैभन्दा धेरै पुरस्कार जित्ने कलाकार बनेकी छन्।
प्रतिक्रिया