महाकुम्भमेलामा मृत्यु हुनेको कूल सख्या ३० पुग्यो, ६० जना घाईते
इनेप्लिज
२०८१ माघ १६ गते १५:५६ मा प्रकाशित
प्रयागराज उत्तर प्रदेशमा महाकुम्भ मेलामा भएको भगदडले ३० जनाको ज्यान गएको छ ।
यसै गरि कम्तिमा ६० जना घाइते भएका छन्। लाखौं हिन्दू भक्तजनहरु ‘अमृत स्नान’ गर्न गएका बेला यो दुर्घटना भएको बताइएको छ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिनका लागि आदेश दिएका छन्।
प्रतिक्रिया