शीर्ष अमेरिकी सहायता एजेन्सी( युएसएड)का दर्जनौं वरिष्ठ अधिकारीहरु निलम्बनमा

इनेप्लिज २०८१ माघ १५ गते १७:४७ मा प्रकाशित

शीर्ष अमेरिकी सहायता र विकास एजेन्सी( युएसएड)का कम्तीमा ५६ वरिष्ठ अधिकारीहरूलाई सोमबार निलम्बनमा राखिएको छ। 

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पका आदेशहरूलाई अवरोध गर्न खोजिएको आरोपमाथिको अनुसन्धानको सिलसिलामा लिइएको हो।

यूएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (USAID) का एक वर्तमान अधिकारी र एक पूर्व अधिकारीले यस कदमको कारण पुष्टि गरेका छन्। दुवैले बदला लिने डरले आफ्नो नाम खुलाउन अस्वीकार गरेको सिविएसन्यूजले जनाएको छ ।

वासिङ्टन र अन्य स्थानहरूमा आधारित सयौं ठेकेदारहरूलाई पनि जागिरबाट निकालिएको एक अधिकारीहरूले बताए।

अमेरिकाबाट सॅचालित प्रसिद्ध पत्रिका पोलिटिकोले  युएसएडका अधिकारीहरूलाई निलम्बनमा राखिएको कुरा पहिलो पटक पत्रिकामा प्रकाशित गरेको थियो।

यो कदम ट्रम्पको गत हप्ता जारी गरिएको कार्यकारी आदेशपछि आएको हो जसले विदेश मन्त्रालय मार्फत वितरण गरिने अधिकांश अमेरिकी विदेशी सहयोगमा ९०-दिनको रोक लगाउन निर्देशन दिएको थियो।

प्रतिक्रिया