युद्धविराम र बन्धक रिहाइ सम्झौता अगाडी इजरायलको तेल अभिभमा छुरा प्रहारबाट एक नागरिक घाइते

इनेप्लिज २०८१ माघ ५ गते २१:२५ मा प्रकाशित

युद्धविराम र बन्धक रिहाइ सम्झौता अगाडी इजरायलको तेल अभिभमा छुरा प्रहारबाट एक नागरिक घाइते भएका छन् ।

इजरायलको तेल अभिभमा जनवरी १८ शनिबार भएको छुरा प्रहारबाट एक नागरिक घाइते भएको शहरको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चक्कु बोकेको एक व्यक्ति चमेनागृहमा प्रवेश गरेर एक नागरिकलाई छुरा प्रहार गरेको देखाएको छ । उनि “गम्भीर घाइते” भएका छन् ।

नजिकै एक सशस्त्र नागरिकले अपराधीलाई गोली हानेर “निष्क्रिय” गरेको प्रहरीले जनाएको छ।

इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का प्रवक्ता इताई एटियासले २० वर्ष उमेर भएका पीडितलाई शरीरको माथिल्लो भागमा छुरा प्रहार गर्दा उनि घाइते भएको बताएका छन्। उनलाई सघन हेरचाह इकाई (आईसीयू) मा भर्ना गरिएको छ र उनी “मध्यम” अवस्थामा रहेका छन्।

प्रतिक्रिया