ताजा थप जानकारी  : स्यानटिली भर्जिनियामा गाडीमा डुवी मृत्यु हुने दुई मध्ये एक खडका थरि, र अर्का यूवाको पहिचान अझै खुलेन

इनेप्लिज २०८१ पुष २५ गते १८:१५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा गाडी पोखरीमा डुवी मृत्यु हुने २ जना मध्ये वयस्क नेपाली मूलका कर्ण खडका भएको बुझिएको छ। त्यस्तै अर्का करीव २१ बर्षकाको नाम अझै अज्ञात रहेको छ ।

फेयरफ्याक्स काउन्टीका प्रहरीले अनुसन्धान जारी राखेको छ भने  विवरण सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार खडका ५०-६० बर्ष भन्दा माथी उमेरका हुन भने उनि जेठी छोरीसॅग भर्जिनियाको गेन्सभिल तिर बसोबास गर्ने बुझिएको छ । छोरीले पिता खडका र उनकी पत्नी ( आमा) दुवैलाई अमेरिका बोलाएका थिए । र, दुवैको स्थायी आवासिय पत्र( ग्रीन) कार्ड रहेको छ ।

स्रोतका अनुसार खडकाका छोराछोरी क्यानडा बसोबास गर्ने बुझिएको छ ।

खडका करीव ३ -४ बर्ष देखि  विन्डहम होटल( अतिथीगृह) विन्गेटमा काम गर्थे ।

उनि पश्चिम बुटबल तिरका भएको र एक असल व्यक्ती भएको ईनेप्लिजलाई स्रोतले बताए।

गाडी दुर्घटना अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एउटा अतिथी गृह(होटल )बाहिर रहेको पोखरीमा गाडि(कार)  डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेयरफ्याक्स काउन्टीका प्रहरीले सेन्टरभ्यू ड्राइभको सेन्टरभ्यू ड्राइभ( मार्ग)रहेको विन्डहम होटल( अतिथीगृह) विन्गेट नजिकै पानीमा डुबेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।

दमकल र उद्धार टोलीले पोखरीमा है खोजी गर्दा दुई पुरुष मृत फेला पारेका थिए । उनीहरु डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी कसरी र किन हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन तर यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नाम नखुलेका युवकको आमाबुबा नेपालमा बसोबास गर्छन। युवावाई आजै जागिर खानको लागि मामा खडकाले ल्याएको बुझिएको छ ।

प्रतिक्रिया