न्यू अर्लिन्स आक्रमणकारीको टेक्ससको घरमा बम बनाउने सामग्री फेला

इनेप्लिज २०८१ पुष २० गते १५:११ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्सका आक्रमणकारीको टेक्ससको घरमा बम बनाउने सामग्री फेला परेको अधिकारीहरूले बताएका छन् ।

संघीय अन्वेषकहरूले न्यू अर्लिन्सको बोर्बन मार्गमा भएको घातक भाडाको मालवाहक गाडी (ट्रक )आक्रमणको लागि जिम्मेवार व्यक्ति ४२ बर्षिय शमसुद दिन जब्बारको टेक्सासको घरमा खोजी गर्दा बम बनाउने सामग्री भेट्टाईको कानून प्रवर्तन अधिकारीहरूले शुक्रबार भने।

अमेरिकामा जन्मिएका टेक्ससका जब्बार ह्युस्टनमा बस्दै आएका थिए । ह्युस्टनको घरमा अन्वेषकहरूले कुन प्रकारका सामग्री फेला पारे भन्ने कुरा स्पष्ट नभएको सिबिएसन्यूजले जनाएको छ । तिनीहरूले सामग्रीको सूची लिए र घर मालिकलाई फिर्ता गरे।

अनुसन्धानको क्रममा घरेलु उच्च विस्फोटक बनाउन प्रयोग हुने रसायन, फिल्टर(चाल्नी), थर्मोमिटर(तापमानयन्त्र) र अन्य धेरै वस्तुहरू फेला पारेको सिबीएसन्यूका यस क्षेत्रको लागि काम गर्ने लेखक रिचर्ड एस्पोसिटोले बताए ।

घरमा भेटिएको सायनमा शक्तिशाली विस्फोटक बनाउन प्रयोग हुने धेरै रसायनहरू थिए,उनले भने ।

अधिकारीहरूका अनुसार जब्बारले ह्युस्टनबाट न्यु अर्लिन्ससम्म भाडाको भारबाहक गाडी (पिकअप ट्रक)मा चढेका थिए । नयाँ वर्षको दिन बिहान करिब ३ बजे भीडमा जोत्दा १४ जनाको ज्यान गएको थियो र दर्जनौं घाइते भएका थिए। उनलाई प्रहरीले गोली हानेर मारेको अधिकारीहरुले बताएका छन् । अझै आक्रमणलाई आतंकवादी गतिविधिका रूपमा अनुसन्धान भइरहेको छ।

जब्बारले आक्रमणको समयमा शरीरमा आर्मर (कवच )लगाएका थिए । उनीसँग दुईवटा हतियार पनि फेला पारिएको थियो । जब्बारले आइएसआइएसलाई आफ्नो समर्थन घोषणा गर्ने श्रब्यदृश्य (भिडियो)हरू प्रकाशित गरेका थिए ।

प्रतिक्रिया