दक्षिण कोरियामा विमान धावनमार्गबाट खसेपछि २८ जनाको मृत्यु भएको छ भने २ जनाको उद्धार गरिएको छ।
विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको एबिसीन्यूजले जनाएको छ ।
दक्षिण कोरियाको एक विमानस्थलमा आइतबार बिहान अवतरण गर्ने क्रममा एउटा विमान धावनमार्गबाट चिप्लिएर दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
जेजु एयर(बिमानसेवा)को उडान ७ सी २२१६ स्थानीय समय अनुसार आइतबार बिहान करिब ९ बजे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट बाहिरिएर पर्खालमा ठोक्किएको थियो ।
योनहाप समाचार निकायले दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थानीय संचारमाध्यम का अनुसार बैंककबाट उडेको बोइङ ७३७ विमानमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए।
स्थानीय दमकल विभागले एबीसी न्यूजलाई विमानको भग्नावशेषबाट दुईजनाको उद्धार गरिएको बताएको छ। यो समयमा उनीहरूको अवस्थाको बारेमा विस्तृत गरिएको छैन। मुआन दक्षिणपश्चिममा पर्दछ ।
प्रतिक्रिया