पाँचौ पटक विश्व बुद्धिचाल बिजेता खेलाडीले जिन्स लूगा फेर्न अस्वीकार गरेपछि प्रतियोगिता छोडेका छन् ।
विश्व बुद्धिचाल बिजेता (चेस च्याम्पियन )म्याग्नस कार्लसनले शुक्रबार विश्व र्यापिड बुद्धिचाल प्रतियोगितामा जीन्स फेर्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय चेस महासंघको नियमको प्रत्यक्ष उल्लङ्घन भएको एनबिसीन्यूजले जनाएको छ ।
एफआईडिइ ले पाँच पटकका विश्व बुद्धिचाल तथा सात पटकको विश्व ब्लिट्ज बुद्धिचाल बिजेता कार्लसनले कार्यक्रमको लागि लामो समयदेखि चलिरहेको नियमहरू उल्लङ्घन गरेको बताएको छ।
३४ बर्षिय कार्लसनलाई उल्लङ्घनको बारेमा सूचित गरियो र २०० जरिवाना जारी गरियो । साथै आफ्नो लुगा परिवर्तन गर्न भनियो।
दुर्भाग्यवश, कार्लसनले अस्वीकार गरे र नवौ चरणमा प्रवेश गर्न सकेनन । वस्त्र संहिता सबै सहभागीहरूको लागि व्यावसायिकता र निष्पक्षता सुनिश्चित गर्न ढाचा गरिएको थियो ।
“यी नियमहरू वर्षौंदेखि लागू छन् र सबै सहभागीहरूलाई राम्ररी परिचित छन् । प्रत्येक कार्यक्रम अघि उनीहरूलाई सूचित गरिन्छ,संस्थाले बिज्ञप्तिमा भन्यो ।
प्रतिक्रिया