जर्मन राष्ट्रपतिले फेब्रुअरी २३ मा तत्काल चुनाव गराउन संसद भंग गरेका छन् ।
जर्मन राष्ट्रपति फ्रान्क-वाल्टर स्टेनमेयरले चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन पतन पछि फेब्रुअरी २३ मा तत्काल चुनावको लागि शुक्रबार संसदको तल्लो सदन भंग गरेका छन् ।
वित्तमन्त्री क्रिस्चियन लिन्डनरको फ्रि डेमोक्र्याट्सले विधायी बहुमत बिना नै आफ्नो सरकार छोडेपछि स्कोल्जले यस महिनाको सुरुमा संसदमा विश्वासको मत गुमाएका थिए ।
सिएनएनका अनुसार धेरैजसो मतपरिणाममा एसपीडीभन्दा कन्जरभेटिभ(रुढिबादी )दलहरूले १० अंकभन्दा बढीको सहज अग्रता लिएका छन् । मुख्यधारका दलहरूले एएफडीसँग शासन गर्न अस्वीकार गरेका छन् ।
प्रतिक्रिया