इन्फोटेक पारदर्शिता र क्यान महासंघको नेतृत्व नीति

इनेप्लिज २०७१ माघ १७ गते १६:१० मा प्रकाशित

इन्फोटेकको आम्दानी कति
राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको २१ औं क्यान इन्फोटेक २०१५ को व्यापार दिनदिनै बढेको छ । क्यानले जारी गरेको प्रेसरिलिज महोत्सवको पहिलो दिन ४७ हजार ५ सय ३१ जना, दोस्रो दिन र तेस्रो दिन क्रमश ५१ हजार ७ सय ३५ र ७१ हजार ३ सय ३९ जना, शनिबार ८१ हजार ३ सय २२ गरेर कुल २ लाख ५१ हजार ९ सय २७ जनाले मेला अवलोकन गरिसकेका छन् । जम्मा २ हजार ५१ हजार ९ सय २७ जनाको को ४० प्रतिशत मात्र गण्ना लिने हो भने १ करोड भन्दा बढी आम्दानी क्यानले टिकटबाटै कमाएको छ । त्यस्तै क्यानको मेला उद्घाटनकै प्रेस रिलिजलाई आधार मान्ने हो भने २१९ वटा स्टलको प्रति स्टल ३५ हजारका दरले गणना गर्ने हो भने ७६ लाख ६५ हजार आम्दानी देखिन्छ त्यसमा संस्थागत १० प्रतिशत छुट राख्दा पनि झण्डै ७० लाख स्टलबाटै आम्दानी हुन्छ । अझ त्यसमा ठूला प्याभिलिएन स्टलको आम्दानी गणना गरिएको छैन । यसरी हिसाब गर्दा इन्फोटेकको ४ दिनको टिकट र स्टलबाटै २ करोडको हाराहारीमा आम्दानी देखिएको छ । त्यसमा टाइटल र अन्य प्रायोजकले तिर्ने शुल्क झण्डै आधा करोड हुन्छ । टाइटल प्रायोजकले नै न्युनतम १५ देखि २० लाख क्यानलाई तिर्दै आएका छन् । त्यसबाहेक अन्य क्षेत्रबाट आएको सहयोग त कति हो क्यानको अहिलेको नेतृत्व प्रमुखले स्पष्ट देखाउन सकेका छैनन् । यस पटकको ६ दिनको मेलामा क्यानले ४ लाख ३० हजार दर्शक भित्र्याउने लक्ष्य राखेको छ । त्यसको एक तिहाईको मात्र टिकट शुल्क गणना गर्ने हो भने डेढ करोड आम्दानी टिकटबाटै हुन्छ भने यस पटक क्यानले मिडिया व्यवस्थापनको खर्च १९ लाख छुट्याएको स्रोतले बताएको छ । जसमा अधिकांश ठूलो रकम विज्ञापन ठूला मिडियाले पाउँछन् । साना मिडियाले न्युनतम १ हजार पनि पाउँदैनन् । अझ डिम्वना आइसिटी सम्बन्धित मिडियाका लागि ५ /१० हजार खर्चिन पनि क्यानलाई जम्बो मिटिग नै बस्नुपर्नेहुन्छ, यो नेतृत्व सम्हाल्ने प्रमुखको भनाई हो । अनि कसरी सहयोग हुन्छ आइसिटी विकासका लागि टुगेदर क्यानको नाराले । आइसिटी विकासमा महत्वपूर्ण अंग आइसिटी मिडियालाई ५ हजार खर्चिन क्यानलाई गार्हो हुन्छ र इनोभेटिभ कामलाई प्राथमिकतामा राखिइदैन अनि आइसिटी मेला, आइसिटी वर्कशप र सम्मेलनमा आइसिटीका आदर्शको मात्र बखान गरिन्छ । अब कुरा गरौ भृकुटीमण्डपको भाडाा १ दिनको न्युनतम १ लाख २५ हजार छ । ६ दिन मेला र २ दिन व्यवस्थापन सहित अन्य व्यवस्थापनको ९ दिनको १ लाख ५० हजारका दरले हिसाब गर्ने हो भने बढीमा १४ लाख भन्दा बढी पर्दैन र स्टल व्यवस्थापनको लागि १ स्टलको बढीमा ११ हजारका दरले २१९ स्टलको हिसाब गर्दा २४ लाख हुन्छ । अझ स्टललाई १ वटा कुर्सी र टेबलबाहेक बढीको सामानका लागि छुटै शुल्क लाग्छ त्यसको हिसाबकिताब त जोडिएकै छैन । २० लाख मिडिया प्रचार प्रसार खर्च १४ लाख भृकुटीमण्डप हल भाडा, स्टल बनाउने २४ लाख खर्च र १० लाख सम्मेलन र व्यवस्थापन खर्च जोड्ने हो भने ६८ लाख हुन आउछ र बढीमा ७० लाख कट्दैन । आम्दानी जोड्ने हो भने स्टलबाट ७० लाख टिकटबाट १ करोड ५० लाख, प्रायोजकबाट ३५ लाख गरी दुई करोड पचास लाख हुन आउँछ भने डेढ करोडको हिसाब किताब देखदैन । अझ त्यसलाई घटाएर १ करोड मात्र राखखी त्यसको आम्दानी हिसाब आउने त्यस वर्षको आषाढ मसान्तको ब्यालेस सिट हेर्ने हो भने उल्टै २० देखि ३० लाख घाटामा हुन्छ । आखिर यो कसरी हुन्छ होला यसतर्फ पनि खोज्ने आँट अहिलेसम्म कुनै पनि सदस्य संस्थाले र व्यक्तिले गरेका छैनन् । इन्फोटेकको कार्यकारी समूह नै त्यसको हिस्सेदारी हुन्छ अरुलाई त्यो विवरण केही थाहा हुदैन । क्यानभित्रकै सबै पदाधिकारीलाई यो विवरण थाहा हुदैन । यसको वास्तविकम खोजे त्यसलाई अल्पतमा पारेर पाखा लगाइन्छ र अनि आइसिटी विकासको आदर्शताको गफ हाकिन्छ । यो सबै कुरा एकल नेतृत्व र निर्देशनमा हुदै आएको क्यान स्रोतले बताएको छ । सुत्रका अनुसार नेतृत्वका सहयोगीहरु नै इन्फोटेकको जानकार र हिस्सेदार हुन्छन् । यतिका धेरै धेरै आम्दानी गर्ने क्यानको अहिलेसम्म आफ्नै भवन छैन । २ वर्षअघि क्यानको भवनका लागि हजारौं सहयोग गर्ने प्रतिबद्धता आएको भए पनि यो काममा किन अहिलेको नेर्तत्वको ध्यान नगएको , अनि क्यान महासंघमा जाने प्रक्रियामा गृह मन्त्रालयकै बाधा भयो भनेर आउने, नेतृत्व तहको सामूहिक एकता नहुँदा महासंघको क्रेडिट एक्लैले लिन खोज्दा यस्तो अवस्था सिर्जना भएको हामीले पाएका छौं । अर्को महत्वपूर्ण कुरा क्यान महासंघको नेतृत्व टिम छनौटका लागि चुनावी प्रक्रियामा जाँदैछ तर त्यसा लागि अहिलेको नेर्तत्वकै हालीमुहाली चल्ने गरी टिम ल्याउन कसरत गर्दैछ र आफ्नो विचारधारा पछ्याउने र पछि लाग्नेहरुलाई मात्र चुनावी प्रक्रियाको विधान बमोजिम नवीवकरणका लागि जानकारी पठाउदैछ र बाँकीर्ला जानकारी नै नदिएको समेत पाइयो । स्थापनाकालदेखि क्यानको संस्थागत विकासका लागि लागि पर्ने ईं तिमिला यमीले क्यान महासंघको फाल्गुनमा हुने निर्वाचनको आधिकारिक जानकारी नपाएको बताउनुभयो र माघ १६ गते क्यान सचिवालयलाई मेल गर्नुभयो तर १७ गतेसम्म त्यसको जवाफ नआएको बताउनुभयो । यसरी एकपक्षीय ढंगले क्यान महासंघ प्रक्रियामा जाने एकल निर्णय या निर्दशन दुबै अहिलेको प्रजातान्त्रिक परिपाटी होला त ?
२२ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा पुर्याएको क्यानको यात्रा महासंघमा जाने यो तरीका ठीक होला त अनि टुगेदर वी क्यान को नाराले सार्थकता पाउला त ? यी गम्भीर विषयहरुको सम्बोधन अहिलेको नेतृत्वले नगरे सूचना प्रविधि क्षेत्रमा २२ वर्षदेखिको यात्राा कता पुग्ने हो अन्यौलमा छ र क्यानभित्रकै नयाँ नेतृत्व पंक्तिले यी सबै कुरालाई सम्बोधन गरेर सामूहिक एकतामा अबको क्यान महासंघलाई नेतृत्व दिन आवश्यक छ र आइसिटी मिडिया क्षेत्रको विकासका लागि सबै मिडियासँग इक्वल एक्सेलको अवधारणमा अगाडी बढ्नुको विकल्प छैन । क्यान महासंघलाई संस्थागत गर्न स्थापनाकालदेखि लागिपरेका सबैलाई समेट्दै युवा आइसिटी विचारभारालाई सँगै लिएर जान सके मात्र २२ वर्षदेखिको सूचना प्रविधि क्षेत्रमा क्यानले पुर्याएको आइसिटीको लक्ष्य र उद्देश्यले नीतिगत तहमा आफ्नो पहुँच पुर्याउन सक्नेछ । अहिलेसम्म आइसिटीमा ओझेलमा परेकालाई पुन आइसिटी क्षेत्रमै ल्याउन क्यानकोके कस्तो योजना छ, यसप्रति अहिलेको नेतृत्व प्रष्ट हुनु जरुरी छ । यदि टेड कम्पनीहरुसँग मिलेर सूचना प्रविधिकै व्यापार क्यानले गरिरहने हो र गाउँ गाउँमा आइसिटी सचेतता अभियानमा ध्यान नदिनृ हो भने क्यान क्यान पनि राजनीति क्षेत्र बाहेक कसरी भिन्न हुन सक्यो र । अनि पहुँचवाला र बहुमत प्रणालीकै नीति क्यानको हुने हो भने आइसिटीको विकासमा नयाँ आयाम के बन्न सक्ला र ?

प्रतिक्रिया