अमेरिकी मेगा मिलियन्स चिट्ठा कसैलाई नपरे पछि अबका महाभाग्यशालीले लगभग १ बिलियन डलर बाजी मार्ने भएका छन् ।
गत शुक्रबार खोलिएको चिट्ठा फेरि कसैलाई परेकोले अबका महाभाग्यशालीले लगभग १ बिलियन डलर हात पर्ने भएका छन् । गत शुक्रबार खोलिएको चिट्ठाको कूल राशी ८६२ मिलियन डलर रहेको थियो । गत सेप्टेम्बर १० मा टेक्ससमा कसैले अन्तिम पटक ८१० मिलियनमा जिते पछि डिसेम्बर २० सम्म पनि कसैले सबै ६ वटा अङ्क मिलाउन नसके पछि फेरि अर्को हप्तामा खोलिने भएको छ ।
शुक्रवार रातीको बिजेताले कर कट्टा गरि नगद लिन चाहेमा ३९२.१ मिलियन डलर लिन सक्ने थिए । तर चिट्ठाको सबै अङ्क नमिले पछि आगामी मंगलबार फेरि खोलिने छ । ज्याकपोट अर्थात् चिट्ठा जित्ने सम्भावना ३०३ मिलियनमा १ लाई पर्ने मेगा मिलियनले जनाएको छ ।
यो डिसेम्बरको सबैभन्दा ठूलो पुरस्कार हो भने मेगा मिलियन्सको इतिहासमा सातौं ठूलो पुरस्कार हुनेछ। अथवा बिजेताले ३० बर्षको लागि वार्षिक भुक्तानी पनि लिन सक्नेछन् ।
मेगा मिलियन्सका अनुसार, सन् २००२ मा खेल सुरु भएदेखि डिसेम्बर महिनामा १३ वटा चिट्ठा हरू जितेका छन्। तीनवटा क्रिसमस पछिका दिनमा जितेका थिए भने अन्य १० क्रिसमस अघि जितेका थिए। क्रिसमसको दिनमा कहिल्यै चिट्ठा जितिएको छैन।
आगामी मंगलबार खोलिने चिट्ठाको कूल राशी ९४४ मिलियन डलर पुगेको छ । यदि बिजेताले नगद लिन चाहेमा ४४८.८ मिलियन डलर लिन सक्ने छन् । गत शुक्रबारका अंकहरु क्रमस २,२० ,५१ ,५६,६७ र मेगा बल अर्थात् रातो भकुण्डो १९ रहेको थियो ।
खोलिएको चिट्ठामा अमेरिकाका बिभिन्न राज्यमा खरिद गरेका पाँचवटा चिट्ठाको ५ अङ्क मेल खाएको छ । अर्थात् पाँचवटा सेतो बल(भकुण्डो )मिलेको छ । दुई वटा इन्डियाना, अर्कान्सास, इलिनोइस र पेन्सिलभेनियाले ५ अङ्क मिलाएका छन् ।
त्यस्तै अमेरिका भरि ४८ वटा टिकटहरूले चार सेतो भकुण्डो र एउटा मेगा बल अर्थात् रातो भकुण्डो मिलाएका छन् ।
मेगा मिलियन्स चिट्ठा ४५ वटा राज्यहरू, वाशिंगटन डीसी, र यूएस भर्जिन टापुहरूमा खेलिन्छ। टिकटको मूल्य केवल २ डलर पर्दछ भने । चिट्ठा आज मंगलबार राती ११ बजे खुल्ने छ ।
प्रतिक्रिया