मस्कोस्थित सिरियाली दूतावासमा विद्रोहीको झण्डा फहराइयो

इनेप्लिज २०८१ मंसिर २४ गते १२:१६ मा प्रकाशित

मस्कोस्थित सिरियाली दूतावासमा विद्रोहीको झण्डा फहराइएको छ । सिरियाली विद्रोही झण्डा सोमबार मस्कोमा रहेको सिरियाली दूतावासका कर्मचारीहरूले झन्डोत्तोलन गरेका छन् । विद्रोही सेनाले सप्ताहन्तमा डमास्कसको नियन्त्रण कब्जा गरेपछि उनीहरुले विद्रोहीको झण्डा फहराएका छन् ।

रुस सिरियाको कट्टर सहयोगी मध्ये एक हो । तानाशाह बसर अल-असद आफ्नो शासन पतन पछि आइतवार रातारात द्रुत गतिमा सिरिया छोडेर मस्को पुगेका छन् ।

असद शासनको पतन पछि, सिरियालीहरू राजधानी डमास्कसको सडकमा उत्सव मनाएका छन् । विपक्षी लडाकुहरूले बख्तरबन्द गाडीमा परेड गरे र उत्सव मनाउन बन्दुकहरू चलाए\

सन् २०११ देखि क्रूर गृहयुद्धको सामना गरेको सिरिया आश्चर्यजनक र अप्रत्याशित मोड लिएको छ ।

प्रतिक्रिया