क्यालिफोर्नियामा ७ वर्षीय बालकले २ वर्षीय भाइलाई संयोगवश गोली चलाउदा मृत्यु भएको छ । एबिसीन्यूजका अनुसार दुवै दाजुभाइहरू सवारी साधन अडान क्षेत्र (पार्किङ)मा बसी रहेको प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियामा ७ वर्षीय बालकले २ वर्षीय भाइलाई गोली चलाउदा उसको ज्यान गएको छ भने यो संयोगवश भएको प्रहरीले विश्वास गरेका छन् । गोली गत सोमबार रान्चो कुकामोंगाको सवारी साधन अड्डा ( पार्किङ )स्थलमा भएको सान बर्नार्डिनो काउन्टी शेरिफ विभागले जनाएको छ ।
दिउँसो ४ बजे मात्रै गोली प्रहार भएको थियो । बालककी आमाले भर्खरै एउटा पसलमा किनमेल गर्न गाडी त्यहाँ छोडेर गएकी प्रहरीले बताए ।
अनुसन्धान जारी रहेको छ भने प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइने शेरिफ विभागले बताएको छ । बन्दुकको प्रकार र यसको दर्ता बारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।
गत वर्ष बच्चाहरुद्वारा ४११ वटा आकस्मिक गोलाबारी भएको थियो। यस वर्ष अहिलेसम्म बालबालिकाद्वारा कम्तीमा २७० वटा संयोगवश गोली चलेका छन्, जसमा कम्तीमा ९९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया