नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति लगानीकर्ता तथा बैंकका संचालक वारेन स्टेफन्सलाई बेलायतका लागि आफ्नो राजदूतमा नियुक्त गरेका छन्।
वारेनले सधैं पूर्ण समय संयुक्त राज्यको सेवा गर्ने सपना देखेका छन् । उनले अब शीर्ष कूटनीतिज्ञको रूपमा त्यो अवसर पाउनेछन् । उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा अमेरिकाको सबै भन्दा नजिक र हितैसी बेलायतको लागि अमेरिकाको प्रतिनिधित्व गर्ने छन् ,ट्रम्पले भने ।
उनले स्टीफन्सलाई देशका सबैभन्दा सफल व्यवसायीहरू मध्ये कै हुन् र उनको परोपकारी कार्यहरूको समेत ,ट्रम्पले प्रशंसा गरेका छन् ।
विगत ३८ वर्षमा आफ्नो प्रतिष्ठान (कम्पनी)स्टीफन्स इंक. को अध्यक्ष र प्रमुख कार्यकारी अधिकारीको रुपमा सेवा गर्दा वारेनले एक अद्भुत वित्तीय सेवा फर्म बनाएका छन् ,ट्रम्प भने ।
प्रतिक्रिया