अमेरिकाको अर्कान्स राज्यको एक बिशाल बजार(मल)मा कालो शुक्रबार गोली चल्दा २ जना घाइते भएका छन् ।
घटना गत शुक्रबार दिउँसो लिटिल रकको पार्क प्लाजा मल(बिशाल बजार)मा भएको एबिसीन्यूजले जनाएको छ । लिटिल रक प्रहरी विभागले सुरुमा तीन घाइते भएको बताएको थियो। प्रहरीका अनुसार दिउँसो १:४४ मा गोली चलेको थियो।
गोली लागेका दुई जनालाई चोटपटक लागेको कारण अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना दुई व्यक्तिहरू बीच खटपट भएको बताएको छ । गोली प्रहारको अनुसन्धान जारी छ । लिटिल रक नामक शहरका नगर प्रमुख फ्रान्क स्कट जुनियरले शुक्रबार गोलीबारी पछि एक बिज्ञप्ति जारी गरे।
“हामी यस घटनाका पीडितहरूका लागि प्रार्थना गरिरहेका छौं, र उनीहरू पूर्ण रूपमा निको हुनेछन् भन्ने आशा राख्छौं,” बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया