अमेरिकाको कनेक्टिकट राज्यमा कांग्रेसका धेरै डेमोक्र्याटिक सदस्यहरूको घरलाई थ्याङ्क्सगिभिङ दिवसमा बमको धम्कीले निशाना बनाईएको छ ।
अमेरिकी तल्लो सदनका लागि डेमोक्र्याटिक संसदहरूमा क्रमस जो कोर्टनी, जहाना हेस, जिम हिम्स र जोन लार्सन सबैले बिहीबार उनीहरूको घरलाई लक्षित गरेको बताए।
“आज बिहान, मलाई मेरो घरलाई लक्षित गरी बमको धम्की आएको सूचना प्राप्त भयो जहाँ म मेरो परिवारसँग धन्यबाद दिवस (थ्यांक्सगिभिङ) मनाउँदै थिए,” हिम्सले एक विज्ञप्तिमा भनिन् ।
उनले संसद भवन प्रहरी , ग्रीनविच प्रहरी विभाग र स्ट्यामफोर्ड प्रहरी विभागबाट द्रुत र पूर्ण प्रतिक्रिया पछि बमको कुनै प्रमाण फेला नपरेको उनले बताइन । र उनले सबैलाई धन्यबाद दिएकी छिन् । कनेक्टिकटका स्थानीय संचार माध्यमहरुले पनि आउटलेटहरूले लार्सन र कोर्टनीले यस्तै धम्कीहरू पाएको समाचार लेखेका छन् ।
त्यस्तै ट्रम्पद्वारा मनोनित भएका संसद एलिस स्टेफानिक, पूर्व जन प्रतिनिधि ली जेल्डिन, र पीट हेगसेथ लगायत उम्मेदवारहरूलाई धम्कीहरू प्राप्त भएपछि कनेक्टिकट कंग्रेसनल प्रतिनिधिमण्डलका धेरै सदस्यहरू विरुद्ध धम्कीहरू आएका हुन् ।
प्रतिक्रिया