इजरायली प्रधानमन्त्रीले लेबनान युद्धविराम सम्झौतालाई ‘सैद्धान्तिक रूपमा’ अनुमोदन गरेको सिएनएनले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार राती इजरायली अधिकारीहरूसँगको सुरक्षा परामर्शमा हेजबुल्लाहसँगको युद्धविराम सम्झौतालाई “सैद्धान्तिक रूपमा” अनुमोदन गरेको यस विषयमा परिचित स्रोतले सिएनएनलाई बताएको समाचारमा उल्लेख गरेको छ ।
इजरायलसँग सम्झौताका केही विवरणहरूमा अझै पनि आरक्षणमा छन् जुन सोमबार लेबनानी सरकारमा हस्तान्तरण हुने अपेक्षा गरिएको थियो । ती तथा अन्य विवरणहरू अझै वार्तालापमा रहेका छन् भने सबै समस्याहरू समाधान नभएसम्म सम्झौता अन्तिम हुन नसक्ने सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार युद्धविराम सम्झौतालाई पनि इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्नुपर्नेछ । हेजबुल्लाहले युद्धमा ६० दिनको बिश्रामको लागि अमेरिकी समर्थित प्रस्तावलाई विचार गरिरहेको छ ।
प्रतिक्रिया