ट्रम्पद्वारा फ्लोरिडाका पूर्व सांसद डा. डेभ वेल्डनलाई सिडिसीको निर्देशकमा नियुक्त

इनेप्लिज २०८१ मंसिर ८ गते १२:५८ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका पूर्व सांसद डा. डेभ वेल्डनलाई सिडिसीको निर्देशकमा नियुक्त गरेका छन् ।

डा. वेल्डनले रोग नियन्त्रण र रोकथाम केन्द्रका निर्देशकको रूपमा सेवा गर्ने ट्रम्पले बताएका छन् । ट्रम्पले वेल्डनलाई “वित्तीय र सामाजिक मुद्दाहरूमा सम्मानित रूढिवादी नेता” को रूपमा चर्चा गरेका छन् ।

जनवरी २०२५ मा सुरु हुने सिनेटले यो पदलाई पनि अनुमोदन गर्नु पर्ने अनिवार्य रहेको छ। वेल्डन एक पूर्व सेना हुन् भने कांग्रेसमा हुँदा श्रम र एचएचएस विनियोजन उपसमितिमा सेवा गरेका थिए।

कांग्रेसमा हुँदा वेल्डनले खोप सुरक्षाको निरीक्षणलाई सिडिसीबाट एचएचएस भित्रको स्वतन्त्र निकायमा सार्नको लागि विधेयक पेश गरेका थिए । उनले संघीय सरकारको खोप सुरक्षा समीक्षा प्रक्रियाको स्वतन्त्रताको बारेमा बारम्बार गम्भीर आरक्षण (रिजर्भेसन)हरू पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया