न्यूयोर्क म्यानह्याटनमा छुरा प्रहार हुँदा २ जनाको मृत्यु, संदिग्ध हिरासतमा

इनेप्लिज २०८१ मंसिर ४ गते २:२३ मा प्रकाशित

न्यूयोर्कको म्यानह्याटनमा छुरा प्रहार हुँदा २ जनाको मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ । यसै सिलसिलामा एकजना संदिग्धअली हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तीनवटा अप्रत्याशित छुरा प्रहारले दुई पुरुषको ज्यान गएको एक महिलालाई सख्त घाइते भएकी न्यूयोर्क शहर प्रहरी विभागले बताएको छ।

संदिग्ध एक ५१ वर्षीय पुरुष हो जो घरबारविहीन हुन् । न्यूयोर्क प्रहरी बिभागले उनको नाम जारी गरेको छैन भने हाल प्रहरीले कुनै थप संदिग्धहरूको खोजी गरिरहेको छैन।

शहरका अधिकारीहरूका अनुसार संदिग्धसँगलाई आठ पटक गिरफ्तारी गरि सकिएको छ । सबैभन्दा भर्खर उनले गत अक्टोबर २०२४ मा ठूलो चोरी गरेका थिए । प्रहरीले बिहान ८:२२ बजे चेल्सी नजिकै आफूले काम गरेको निर्माणस्थलको अगाडि ३६ वर्षीय पुरुष उभिरहेको बेला दाह्री भएको मानिस’ उनको नजिक आएर पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

दुई घण्टा भन्दा बढी पछि लगभग १० :२७ बजे दोस्रो व्यक्तिलाई छुरा प्रहार गरिएको थियो। पीडित एक ६८ वर्षीय पुरुष थिए जो पूर्वी नदी नजिकको पानीमा माछा मार्दै थिए । उनको “शरीरभरि” धेरै पटक छुरा प्रहार गरिएको थियो ।

दुबै जनालाई बेल्लेभ्यु अस्पतालमा मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहान १०:५५ बजे एक ३६ वर्षीया महिलालाई संयुक्त राष्ट्र संघको मुख्यालय नजिकै “उनको शरीरभरि” धेरै पटक छुरा प्रहार गरिएको थियो ।

प्रतिक्रिया