डेनमार्ककी भिक्टोरिया केजर थेलभिगले जितिन बिश्व ब्रम्हाण्ड सुन्दरी-२०२४ को उपाधि

इनेप्लिज २०८१ मंसिर २ गते १२:०९ मा प्रकाशित

डेनमार्ककी भिक्टोरिया केजर थेलभिगले जितिन बिश्व ब्रम्हाण्ड सुन्दरी-२०२४ (मिस युनिभर्स २०२४ )को उपाधि जितेकी छन् । डेनमार्क राष्ट्रबाट यो प्रतियोगिता जित्ने उनि पहिलो बनिन्।

२१ वर्षीया थेलभिग एक प्रतिस्पर्धी नर्तकी, उद्यमी र वकिल हुन् । उनले गत शनिबार राति मेक्सिको शहर (सिटी)मा सम्पन्न वार्षिक सौन्दर्य प्रतियोगिता जित्नका लागि १२० जना भन्दा बढी अन्य प्रतियोगीहरूलाई हराउदै ताज पहिरन सफल भएकी छिन ।

बिहीबारको प्रारम्भिक कार्यक्रमको नतिजाको आधारमा प्रतियोगीहरू मध्ये ३० जनालाई छनौट गरि प्रतियोगिता सुरु भएको थियो जसमा एक आकर्षक राष्ट्रिय पोशाक प्रतियोगिता समावेश गरिएको थियो।

ताज जिते पछि म परिवर्तन चाहन्छु, म इतिहास बनाउन चाहन्छु, र आज राती म त्यही गर्दैछु,उनले भनिन्।

प्रतिक्रिया