निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार कोलोराडो राज्यको डेनभरस्थित लिबर्टी इनर्जी(उर्जा प्रतिष्ठान )का प्रमुख कार्यकारी अधिकारी (सीईओ )क्रिस राइटलाई ऊर्जा विभागको अर्को सचिवको रूपमा नियुक्त गरेका छन्।
राइटले नवगठित राष्ट्रिय ऊर्जा परिषद्को सदस्यको रूपमा पनि सेवा गर्ने ट्रम्पले बताएका छन् । त्यस्तै ट्रम्पले अमेरिकाको नर्थ डकोटा राज्यका गभर्नर डग बर्गमलाई गृह विभागको सचिवको लागि छनोट गर्दै उनि नै अध्यक्ष हुने जनाएका छन् ।
“क्रिस ऊर्जामा एक अग्रणी प्राविधिक र उद्यमी हुन् । उनले परमाणु, सौर्य, तेल र ग्यासमा काम गरेका छन्। ” शनिबार जारी गरिएको ट्रम्पको वक्तब्यमा उक्त कुरा लेखेका छन् ।
प्रतिक्रिया