अमेरिकी इतिहासमा सर्वाधिक फराकिलो निर्वाचक मत (इलेक्टोरल भोट )तथा कूल मत (लोकप्रिय मत )ल्याउने राष्ट्रपति रोनाल्ड रेगन हुन् । उनको इतिहास कोर्न शताब्दी लाग्न सक्ने छ । उनि यति लोकप्रिय थिए उनको तुलना हत्तपत्त कोही संग हुदै सक्दैन ।
उनलाई जनताले यति सहयोग र साथ दिए जुन इतिहास कोर्न अब १०० बर्ष जति लाग्ने छ । उनको लोकप्रियता यति चरम चुलीमा थियो जनताले उनलाई अभूतपूर्व रुपमा उनलाई २ पटक बिजयी गराए । सन् १९८० र सन् १९८४ मा उनका प्रतिद्वन्दी नराम्रो सँग पराजित हुन् पुगे ।
उनले दोश्रो कार्यकाल अर्थात् १९८४ मा ५२५ निर्वाचक मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दीले केवल १३ प्राप्त गरेका थिए । रेगनले ५९ प्रतिसत मत प्राप्त गर्दै कूल ५ करोड ४४ लाख ५५ हजार मत प्राप्त गरेका थिए । उनका डेमोक्र्याटिकका उम्मेदवार वाल्टर मन्डेललाई १ करोड ६८ लाखको फरक मतले लज्जाजनक हराएका थिए ।
त्यस्तै सन् १९८० मा भएको निर्वाचनमा रेगनले कूल ५०.९ % मत हासिल गरेका थिए । उनले कूल ४ करोड ३९ लाख मतदान हासिल गरेका थिए भने डेमोक्र्याटिकका पूर्व राष्ट्रपति जिमी कार्टरलाई ८४ लाख मतले फरक पारि दिएका थिए । रेगनले कूल ४८९ निर्वाचक मत प्राप्त गरेका थिए भने ४९ निर्वाचक मत प्राप्त गरेका थिए ।
तर अहिले सम्मको अमेरिकी इतिहासमा सर्वाधिक मत अर्थात् लोकप्रिय मत ल्याउने राष्ट्रपति जो बाइडेन भएका छन् । सन् २०२० मा अमेरिकी जनताले अभूतपूर्व मतदान गरेका थिए । इतिहासमै अहिले सम्म सन् २०२० मा मात्र अत्यन्तै सहभागिता भएको चुनाव भएको छ ।
४ दशक सम्म सिनेटर भै काम काम गरेका जो बाइडेनले अपेक्षा गरे भन्दा जनताले उनलाई मतदान गरे । सन् २०२० मा ट्रम्प भन्दा ७० लाख ज्यादा बाइडेनले मत ल्याएका थिए ।
प्रतिक्रिया