निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव अभियानकी प्रबन्धक सुसी वाइल्सलाई ह्वाइट हाउस प्रमुख कर्मचारीमा नियुक्त गरेका छन् । ट्रम्पले बिहिबार घोषणा गरेका हुन् ।
वाइल्सलाई आफ्नो ह्वाइट हाउस चीफ अफ स्टाफ(प्रमुख कर्मचारी)को रूपमा चयन गरेको निर्वाचित राष्ट्रपतिले गत बिहीबार एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
ट्रम्पले भने, “सुसी वाइल्सले मलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो राजनीतिक विजय हासिल गर्न मद्दत गरिन्, र मेरो २०१६ र २०२४ दुवै सफल अभियानहरूको अभिन्न अंग थिइन् ।”
“सुसी कठोर ,गतिशील उन्नतिशील , र विश्वव्यापी रूपमा प्रशंसा र सम्मान छिन् । सुसीले अमेरिकालाई फेरि महान बनाउन अथक परिश्रम गरिरहने छिन्,” उनले भने ।
“सुसीलाई संयुक्त राज्य अमेरिकाको इतिहासमा पहिलो पटक महिला प्रमुख कर्मचारी (चीफ अफ स्टाफ)को रूपमा पाउनु राम्रो सम्मानको कुरा हो। उनले हाम्रो देशलाई गौरवान्वित पार्ने कुरामा मलाई कुनै शंका छैन।”
प्रतिक्रिया