मिशिगनमा ट्रम्प बिजयी भएमा हिंसात्मक हमला गर्ने धम्की दिने व्यक्ति मिशिगनमा पक्राउ

इनेप्लिज २०८१ कार्तिक २० गते २०:३८ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेमा हिंसात्मक हमला गर्ने धम्की दिएको आरोपमा मंगलबार बिहान मिशिगनमा एक २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ ।

अभियोजकहरूका अनुसार आइज्याक सिसेल नामक व्यक्तिले पश्चिम भर्जिनियामा रहेको एफबीआई नेशनल थ्रेट अपरेशन सेन्टर(राष्ट्रिय धम्की कारवाही केन्द्र )लाई धम्की पठाए। धम्कीमा यस्तो लेखिएको थियो, “ट्रम्पले चुनाव जित्दा म रूढिवादी इशाई फोहोर विरुद्ध आक्रमण गर्नेछु।”

मसँग चोरी भएको एक एआर १५ बन्दुक छ । जसको एउटा लक्ष्य छ जसको नाम बताउन अस्वीकार गर्छु । विशिष्ट पीडित वा मैले लुकाएको बन्दुकको ठाउँ पत्ता लगाउन सक्ने क्षमता र मैले आक्रमण पूरा नगरेसम्म एफबीआईले केही गर्न सक्ने छैन भनि पत्रमा लेखेका छन् ।

सिसेल आज दिउँसो संघीय अदालतमा आफ्नो पहिलो उपस्थिति जनाउने भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया