अमेरिकाका यी सात वटा स्विङ्ग स्टेट(युद्धभूमि राज्य)हरुले ४७ औ राष्ट्रपतिको छनोट गर्ने पक्का भएको छ । यी राज्यहरुमा केवल ४ वटा राज्य कुनै पनि उम्मेदवारले बाजी मारे भने ४७ औ राष्ट्रपति बन्नबाट कसैले रोक्दैन ।
अन्तिम मतसर्वेक्षणमा पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपरास्ट्रपति कमला ह्यारिस बराबर अङ्कमा रहेका छन् । सात वटा रणभूमि राज्यहरूमा सबै मतदाताहरु केन्द्रित छन् । दुवै उम्मेदवारहरुले ७ वटा राज्यहरुमा जीत हासिल गर्न कुनै कसर छोडेका छैनन् । दुवैले आफू बिजयी हुने विश्वास गरेका छन् ।
यी सातवटा रणभूमिहरुमा क्रमस एरिजोना,जर्जिया,मिशिगन, नेभादा ,नर्थ क्यारोलाइना ,पेन्सेल्भेनिया र विस्कन्सिन रहेका छन् ।
एरिजोनामा ११ वटा इलेक्टोरल कलेज भोट(निर्वाचक मण्डल मत)हरु छन्, र यसको मतदान ९ बजे बन्द हुन्छ। ट्रम्पले २०१६ मा एरिजोना जिते तर त्यसपछि २०२० मा राष्ट्रपति जो बाइडेनसँग हारे ।
जर्जियामा १६ निर्वाचक मतहरू छन्, र मतदान साँझ ७ बजे बन्द हुन्छ। ट्रम्पले सन् २०१६ मा जिते, तर २०२० मा बाइडेनसंग केवल १२,००० भन्दा कम मतले हारे ।
सन् १९९२ 1मा बिल क्लिन्टन पछि पहिलो पटक डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले जर्जिया राज्य जितेका थिए। ट्रम्पले जर्जियाको २०२० को नतिजालाई उल्टाउने प्रयास गरे । ३ पटक मतदान गणना गर्न लगाए तैपनी चुनाव हारे । अझै पनि ट्रम्पले सन् २०२० मा चुनाव हारेको स्वीकार गरेका छैनन् ।
राष्ट्रपतिको लागि डेमोक्र्याटहरूलाई समर्थन गरेको लगभग तीन दशक पछि सन् २०१६ मा मिशिगनको १५ निर्वाचक मत ट्रम्पलाई गयो। तर सन् २०२० मा राज्य पल्टियो र जो बाइडेनले जित हासिल गरे। मिशिगनमा पहिलो मतदान बेलुका ८ बजे समाप्त हुन्छ। तर केही फरक समय क्षेत्र पनि भएकोले ९ बजे बन्द हुन्छ ।
नेभादले विगत चार राष्ट्रपतिको चुनावमा डेमोक्रेटिकलाई मतदान गरेको छ। केवल छ निर्वाचक मत रहेको छ । नेभादासँग सात राष्ट्रपतिको रणभूमि राज्यहरू मध्ये सबैभन्दा सानो छ। नेभादामा राति १० बजे मतदान समाप्त हुन्छ।
त्यस्तै नर्थ क्यारोलाइना अझै पनि हेलिन समुन्द्री आँधीको विनाशकारी परिणामको सामना गरिरहेको छ। दुवै उम्मेदवारले आँधी पछि भ्रमण गरेका छन्। डेमोक्र्याटहरूले १९६८ यता राज्यको १६ वटा चुनावी मतहरू मात्र दुई पटक जितेका छन् ।
सबैभन्दा पछिल्लो सन् २००८ मा मतदाताहरूले बाराक ओबामालाई समर्थन गरे। ट्रम्पले सन् २०२० मा बाइडेनलाई १ अंकभन्दा पछि पारे । सन् २०१६ मा राज्यमा हिलारी क्लिन्टनलाई ट्रम्पले हराएका थिए । नर्थ क्यारोलाइनामा मतदान साँझ ७:३० बजे बन्द हुनेछ ।
पेन्सल्भेनियामा १९ वटा निर्वाचक मतहरू छन् । ह्यारिस र ट्रम्पको लागि महत्वपूर्ण युद्धभूमि हो। बाइडेनले सन् २०२० मा जितेका थिए जबकि ट्रम्पले २०१६ मा त्यहाँ विजयी गरेका थिए । ह्यारिस र ट्रम्पले दुवैले कम्तिमा २० पटक भ्रमण गरेका छन्। पेन्सिलभेनियामा मतदान बेलुका ८ बजे बन्द हुन्छ ।
त्यस्तै विस्कन्सिन मतदाताहरूले सन् २०१६ सम्म दशकौं सम्म डेमोक्र्याटहरूलाई समर्थन गरे । तर ट्रम्पले सन् २०१६ मा जिते र १० वटा चुनावी मतहरू प्राप्त गरे। तर सन् २०२० मा बाइडेन उक्त राज्यमा बिजय हासिल गरे । पछिल्ला दुई चुनावमा १ प्रतिशतभन्दा कम मतले राष्ट्रपति छनोट गरेको छ । विस्कन्सिनमा मतदान राति ९ बजे बन्द हुन्छ।
प्रतिक्रिया