अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पेन्सिल्भेनिया राज्यको रिडिंग शहरमा घरदैलो कार्यक्रममा समेत सरिक भइन् । उनि अत्यन्तै व्यस्तको बाबजुद घर दैलो अन्तर्गत मतदाताहरूलाई अभिवादन गर्न दुई घरमा रोकिन्।
पहिलो घरमा ह्यारिसले एक दम्पतीलाई अभिवादन गरिन । त्यस्तै दोस्रो घरमा ,ह्यारिसले एक महिला र उनको पतिलाई अभिवादन गरिन् ।
आज चुनावको अघिल्लो दिन हो, म तपाईहरुलाई मतदान गर्न भन्छु , ह्यारिसले उनीहरूलाई भनिन् ।
महिलाले ह्यारिसलाई भनिन्, “मेरो मत पहिले नै तपाईलाई दिएको छु ” । उनी भोलि चुनावमा काम गर्ने बताइन । त्यस्तै उनले आफ्नो पतिले चुनावको दिन ह्यारिसलाई मतदान दिने बताइन ।
सोमबार पेन्सिलभेनियाको रिडिङ शहर ह्यारिसका लागि फिलाडेल्फियामा समाप्त हुने पाँचवटा निर्धारित भ्रमण स्थलहरू मध्ये एक हुन् ।
प्रतिक्रिया