आमनिर्वाचनको राती ट्रम्प फ्लोरिडाको आफ्नो निवास मारालागोमा रात्री भोजन गर्ने

इनेप्लिज २०८१ कार्तिक १९ गते २०:५५ मा प्रकाशित

भोली नोभेम्बर ५ मंगलबारका दिन आमचुनावमा पश्च्यात पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निवास मारालागोमा रात्री भोजनको आयोजना गर्ने कार्यक्रम रहेको एबिसीन्यूजले जनाएको छ ।

उनका नजिकका साथीहरू, दाताहरू र क्लबका सदस्यहरू सहित रात्री भोजनसँग परिचित धेरै स्रोतहरूले एबीसी न्यूजलाई बताएका छन् ।

ट्रम्पले मंगलबार राति नजिकका साथीहरूको घनिष्ठ समूहसँग रात्रीभोजन गर्ने अपेक्षा गरिएको छ । साथै त्यहाँको नृत्य-कक्ष (बलरूम)मा मारालागो क्लब सदस्यहरूको छुट्टै रात्री भोजनको आयोजना गरिनेछ।

तर त्यहाँ कुनै पनि औपचारिक भाषण हुनेछैन । भोली नोभेम्बर ५ मंगलबारक बिहान ट्रम्पले फ्लोरिडाको पाम बीच(शहर)मा आफ्नो मतदान गर्ने अपेक्षा गरिएको छ।

रात्रिभोजका धेरै सहभागीहरूका अनुसार सबैजना रात्री भोजन पछि पाम बीच कन्भेन्सन सेन्टर ( सम्मलेन केन्द्र) जाने योजनामा ​​रहेका छन्।

प्रतिक्रिया