पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबीएसन्यूज बिरुद्ध मुद्धा दायर गरेका छन् । र मुद्धामा संचार गृहलाई १० बिलियन डलरको क्षतिपूर्तिको माग गरेका छन् ।
गत बिहीबार सिबीएस ब्रोडकास्टिंग इंक र सिबीएस इन्टरएक्टिभ इंक विरुद्ध मुद्दा दायर गरेका हुन् । उपराष्ट्रपति कमला ह्यारिससँगको “६० मिनेट” अन्तर्वार्ताको बिषयलाई लिएर उनले १० बिलियन डलर क्षतिपूर्तिको माग गरेका हुन् ।
कानुनी विज्ञहरूका अनुसार ट्रम्पको लागि “६० मिनेट” नामक चर्चित कार्यक्रममा उपराष्ट्रपती ह्यारिससंग गरिएको अन्तर्वार्ताको बिषयलाई लिएर सिबीएसन्यूज विरुद्ध मुद्दा हाल्नु “व्यर्थ र खतरनाक”भएको बताएका छन् ।
टेक्सस राज्यको उत्तरी जिल्लाको अमेरिकी जिल्ला अदालतमा दायर गरिएको उजुरीमा ट्रम्पका कानुनी सल्लाहकारले ह्यारिससँग सिबीएसको “६० मिनेट” नामक अन्तर्वार्ता तथा सम्बन्धित कार्यक्रम “जनतालाई भ्रमित पार्ने उद्देश्यले “निर्वाचन र मतदाता हस्तक्षेपको पक्षपातपूर्ण र गैरकानूनी कार्य” भएको दाबी गरे।
सिएनएनका अनुसार उत्तरी टेक्ससको अमेरिकी जिल्ला अदालतले हाल मुद्धाहरू निर्धारण गर्दछ । अमारिलो बिभागमा दायर गरिएको कुनै पनि मुद्दा स्वत: ट्रम्पद्वारा नियुक्त न्यायाधीश म्याथ्यू काक्समारिकलाई दिइन्छ।
यो मुद्दा किन टेक्सस अदालतमा दायर गरिएको भन्ने बारे अझै स्पष्ट नभई सकेको सिएनएनले जनाएको छ । ट्रम्पले ह्यारिसको अन्तर्वार्तालाई बारम्बार दावी गर्दै सिबिएसद्वारा पूर्ण रूपमा गलत सम्पादन गरिएको दाबी गरेका छन् । सिएनएनका अनुसार यो एक राजनीतिज्ञले समाचार संचारमाध्यम लाई नियन्त्रण गर्न एउटा तुच्छ र खतरनाक प्रयास हो।
प्रतिक्रिया