नेपाल अधिराज्यभर आज तिहारको तेस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिको साथ लक्ष्मीपूजा मनाइँदैछ l यसै गरि अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले लक्ष्मी पूजा साँझ मनाउदैछन् l
अमेरिकामा एउटा राज्यबाट अर्को राज्यहरुमा समय १,२ र ३ घण्टा समेत फरक हुने हुनाले लक्ष्मी पूजा साँझ परे पछि मनाउने छन् । अमेरिकामा पनि नेपाल जस्तै विभिन्न सामुदायिक केन्द्र ,संघ/संस्थाका समूह, मन्दिरहरुको समुहले देउसी भैलो खेल्ने गर्छन् ।
एकाबिहानै घर सफा सुग्घर गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ l दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीको पूजाको साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् भने पुरुषहरु पनि देउसी खेल्न निस्कनछन l भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।
भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । आज नेपाल अधिराज्य भर बिशेष तराईका शहरहरुमा केराका बोट समेत सडकका दुई तर्फ सजाएर दीपावली गरी झिलीमिली बनाइन्छ ।
वर्षका चार महत्त्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । कार्तिक कृष्ण औंसीमा सुखरात्री मनाईन्छ । यसलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।
सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो।
दीपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । सनातनीहरुका लागि प्रमुख पर्वहरूमध्ये एक हो दीपावली ।
प्रतिक्रिया