उपराष्ट्रपति कमला ह्यारिसले पेन्सिल्भेनिया राष्ट्रपति पद जित्न “महत्वपूर्ण” हुने आइतबार बताएकी छिन् ।
ह्यारिसले आइतवार फिलाडेल्फियाको बहु स्थानमा हुने कार्यक्रमको भ्रमण सुरु गर्दा उनि जीतको मार्गमा आफू आशावादी भएको बताइन । पत्रकारहरूलाई युद्धभूमि (स्विङ्ग स्टेट)पेन्सल्भेनिया चुनावी नक्सा(निर्वाचकीय मत)मा निकै महत्वपूर्ण हुने जनाइन ।
“फिलाडेल्फिया विजयको लागि हाम्रो मार्गको एक धेरै महत्त्वपूर्ण भाग हो, र ,यो कारणले म यहाँ समय बिताइरहेको छु। … तर म यहाँ पाएको उत्साह र हरेक पृष्ठभूमिका मानिसहरूले मतदान गर्ने प्रतिबद्धताको बारेमा आफू धेरै आशावादी महसुस गरिरहेको छु,” ह्यारिसले चर्चमा टिप्पणी गरेपछि भनिन् ।
चुनाव जित्नको लागि राष्ट्रमण्डल (कमनवेल्थ )जित्न आवश्यक छ कि भन्ने जिज्ञासामा उनले “पेन्सिल्भेनिया मुख्य हुनेछ – निस्सन्देह भनिन् ।
प्रतिक्रिया