बिश्व कै धनाढ्य इलन मस्कले दर्ता भएका मतदाताहरूलाई दैनिक १ मिलियन डलर दिने गैरकानुनी हुन सक्ने विज्ञहरूले बताएका छन् ।
गत शनिबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि चुनावी भाषण गर्दा अर्बपति इलन मस्कले युद्धभूमि राज्यहरूमा दर्ता भएका मतदाताहरूलाई प्रत्येक दिन १ मिलियन अर्थात् १० लाख डलर मिलियन दिने घोषणा गरे ।
सिएनएनका अनुसार निर्वाचन कानून विशेषज्ञहरूले व्यक्तिहरूलाई दर्ता गर्न भुक्तान गर्ने विरुद्ध कानून उल्लङ्घन गर्न सक्ने जनाएका छन् ।
“हामी पहिलो र दोस्रो संशोधनको समर्थनमा विन्तीपत्रमा हस्ताक्षर गर्न युद्धभूमि (स्विंग स्टेट)राज्यहरूमा एक मिलियन भन्दा बढी हुनसक्छ ,२० लाख मतदाताहरू प्राप्त गर्न प्रयास गर्न चाहन्छौं। … हामी बिन्तीपत्र (पिटिशन)मा हस्ताक्षर गर्ने व्यक्तिहरूलाई हरेक दिन, अबदेखि चुनाव नहुँदासम्म अनियमित रूपमा १ मिलियन(१० लाख डलर) पुरस्कार दिनेछौं, “मस्कले ह्यारिसबर्ग, पेन्सिलभेनियामा एक प्रचार कार्यक्रममा भने।
उनले आफ्नो राजनीतिक कार्य समितिले अभिव्यक्ति स्वतन्त्रता र हतियार बोक्ने अधिकारको लागि समर्थन पुष्टी गर्दै सुरु गरेको पिटिसन (विन्तीपत्र)लाई उल्लेख गरे । संसार कै सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्पलाई चुनावमा समर्थन गर्दै ७५ मिलियन भन्दा बढी दिएका छन् ।
प्रतिक्रिया