इजरायलले २४ घन्टामा २३० वटा क्षेप्यास्त्रहरुद्वारा लेबनानमा आक्रमण गरेको दाबी

इनेप्लिज २०८१ असोज २९ गते ११:२८ मा प्रकाशित

इजरायलले २४ घन्टामा २३० वटा क्षेप्यास्त्रहरुद्वारा लेबनानमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायल डिफेन्स फोर्स(रक्षा बल) ले मङ्गलबार एक विज्ञप्तिमा लेबनान र गाजामा आफ्नो कारबाही जारी राख्दै २४ घण्टामा २३० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ।

दक्षिणी लेबनानमा लडाईमा दर्जनौं आतंककारीहरूलाई मारेको र “हेजबुल्लाह आतंकवादी पूर्वाधार” लाई ध्वस्त पार्ने र “ठूलो मात्रामा हतियार” को खोजीसँगै हवाई आक्रमण गरेको दाबी गरेको छ।

उत्तर गाजामा आइडिएफले जबलिया शरणार्थी शिविर वरिपरि आफ्नो तीव्र कारवाही जारी राखेको छ । प्यालेस्टिनी देवानी रक्षा समूहले उक्त क्षेत्रलाई “पूर्ण नाकाबन्दी” अन्तर्गत राखिएको बताएको छ। साथै इजरायली सेनाले हवाई आक्रमणको सहयोगमा दर्जनौं आतंककारीहरूलाई मारेको जनाएको छ ।

गाजा भूभागमा पनि भिडन्त जारी छ। सेनाहरूले धेरै आतंककारीहरूलाई मारे र आतंकवादी पूर्वाधार ध्वस्त पारे,” आईडिएफले एक बिज्ञप्तिमा बताएको छ ।

प्रतिक्रिया