अमेरिकाको भ्रमणमा रहनु भएकी काठमाडौं महानगरपालिकाकी उप नगरप्रमुख (उपमेयर)सुनिता डंगोलको सम्मानमा अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा स्वागत तथा सम्मान समारोह भव्यताको साथ सम्पन्न गरियो ।
स्वागत तथा सम्मान कार्यक्रमको आयोजना डिसी क्षेत्रमा स्थापित अत्यन्तै क्रियाशील रहेका र पुराना नेवा समुदायका अग्रणी संस्थाहरु क्रमस एनपिपिए तथा एनओए तथा नेवा कम्युनिटी युएसएसको सयुक्त आयोजनामा गरियो ।
प्रधानमन्त्री केपीशर्मा ओली सयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन् आएको समयमा ओलीसंगै आएकी उपनगर प्रमुख डंगोलले आफ्नो समय व्यवस्थापना गर्दै डिसी क्षेत्रका एनपिपिए ,एनओए तथा नेवा समुदाय युएसएसका पदाधिकारीहरुसँग भेटघाट र अन्तरक्रिया गरिन ।
तीनै वटा नेवा समुदायका संस्थाहरुले छोटो समयको लागि र निजी भ्रमणमा रहेकी उपमेयर डंगोलको समयलाई मध्यनजर गर्दै छोटो सूचनाको आधारमा सीमित ब्यक्तिहरुलाई मात्र आमन्त्रण गरेका थिए ।
उक्त स्वागत तथा सम्मान कार्यक्रम डंगोलले नेपालमा नेवा समुदायको भाषा ,कला ,संस्कृति लगायतमा उनले खेलेको अहम भूमिकाको उच्च मुल्यांकन गर्दै डिसी क्षेत्रमा स्थापित र अत्यन्तै क्रियाशील रहेका संस्थाहरुले डंगोल सँग संक्षेपमा अन्तरक्रिया गरे ।
उपनगर प्रमुख डंगोलले मूलुक बाहिर पनि नेवा समुदाय अत्यन्तै क्रियाशील रहेकोमा कृतज्ञता ज्ञापन गर्दै गर्व गरिन । उनले तीनै वटा संस्थाका संस्थापक,अध्यक्ष लगायत समितिका पदाधिकारीहरुसंग भेट गरिन । ३ जना अध्यक्षहरुले सिङ्गो अमेरिकामा रहेका नेपाली समुदाय/नेवा समुदायलाई गरेको योगदान र दोश्रो पुस्ताको लागि नेवा कला,संस्कृति ,भाषा आदी गरेको बिषयमा छोटकरीमा प्रकाश पारेका थिए । साथै उनीहरुले संस्थाको परिचय समेत दिलाएका थिए ।
बिशेष अतिथि डंगोलले नेवा संघ/संस्थाहरुले गरेका क्रियाकलाप ,गतिबिधिको साथै अमेरिकामा जन्मिएका बालबालिका र दोश्रो पुस्तालाई भाषा,कला र संस्कृतिको लागि अतुलनीय भूमिका निर्वाह गरेकोमा मुक्त कण्ठले संस्थाहरुको प्रसंशा गरिन । उनले आफ्नो नेवा भाषा ,कला र संस्कृतिलाई जगेर्ना गर्न सदैव लागि रहनु पर्ने सुझाव दिईन ।
उक्त स्वागत तथा सम्मान कार्यक्रममा डंगोललाई अन्जली श्रेष्ठले टीका लगाई दिएकी थिइन् । कार्यक्रममा एनपीपीएका अध्यक्ष मनोहर श्रेष्ठ ,एनओएका अध्यक्ष महिन्द्र प्रधान तथा एनसियुएसएका अध्यक्ष विक्रान्त श्रेष्ठले खादा लगाई डंगोललाई सम्मान गरेका थिए ।
त्यस्तै वर्ल्ड नेवा अर्गनाइजेसन(डब्लुएनओ)का पूर्व अध्यक्ष सिजन श्रेष्ठले पुष्प गुच्छाद्वारा स्वागत गरे भने एनपीपीएकासंस्थापक अध्यक्ष राम मालाकारले माला लगाई दिएका थिए ।
वर्ल्ड नेवा अर्गनाइजेसन(डब्लुएनओ)का पूर्व अध्यक्ष सिजन श्रेष्ठले समेत मन्तब्य राखेका थिए । कार्यक्रम पश्च्यात रात्री भोजनको आयोजना गरिएको थियो । उक्त कार्यक्रम गत अक्टोबर १ का दिन मेरिल्याण्ड राज्यको एक चमेनागृहमा गरिएको थियो भने डंगोल अहिले नेपाल पुगी सकेकी छिन् ।
प्रतिक्रिया