अमेरिकी मेगा मिलियन्स चिट्ठाको रकम २०२५ अप्रिल देखि दोब्बर ५ डलर हुने ,पुरस्कारको पनि वृद्धि गरिने

इनेप्लिज २०८१ असोज २२ गते १२:०७ मा प्रकाशित

अमेरिकाको प्रसिद्ध चिट्ठा मेगा मिलियन्स चिट्ठाको रकम २०२५ अप्रिल देखि दोब्बर मुल्य हुने भएको छ । २ डलरबाट वृद्धि भै अब यसको मूल्य ५ डलर हुने भएको छ । साथै पुरस्कारको वृद्धिसंगै पुरस्कार राशीमा पनि वृद्धि गरिने व्यवस्थापनले जनाएको छ ।

चिट्ठा अधिकारीहरुका अनुसार अप्रिल २०२५ देखि टिकटको मूल्य २ डलरबाट ५ डलरमा बढ्नेछ। मेगा मिलियन्सको २२-वर्षको इतिहासमा टिकटको मूल्य बढेको यो दोस्रो पटक हो। सन् २०१७ मा १ डलरबाट २ डलर गरेको थियो ।

मेगा मिलियन्स चिट्ठा ४५ वटा राज्यहरूमा वाशिंगटन डिसी र अमेरिकी भर्जिन टापुहरूमा मात्र खेल्न पाइन्छ अर्थात् उपलब्ध रहेका छन् । यो चिट्ठा हरेक मंगलबार र शुक्रबार राति ११ बजे पूर्वीय समयमा खोलिने गरिन्छ ।

प्रतिक्रिया